सोमबार, चैत ९, २०८२

यसरी राखौं फोक्सोलाई स्वस्थ

कोरोना भाइरसको दोस्रो लहरले सबैलाई सास्ति दिइरहेको छ। आस्पताल संक्रमितले भरिएका छन्। अक्सिजनको सहायताले संक्रमितलाई बचाउने कोसिस भइरहेको छ। 
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

कोरोना भाइरसको दोस्रो लहरले सबैलाई सास्ति दिइरहेको छ। आस्पताल संक्रमितले भरिएका छन्। अक्सिजनको सहायताले संक्रमितलाई बचाउने कोसिस भइरहेको छ। 

National life

कोरोना भाइरसबाट जोगिनका लागि स्वस्थ शरीर आवश्यक छ। त्यसमा पनि फोक्सो स्वस्थ हुनु त यतिबेला निकै आवश्यक देखिएको छ। कोरोना संक्रमणले फोक्सोमा नै आक्रमण गर्छ। त्यसैले हामीले फोक्सोको सुरक्षामा ध्यान दिनु आवश्यक हुन्छ।

फोक्सो स्वस्थ राख्नका लागि अल्कोहलको सेवन गर्नु हुँदैन। अल्कोहलले फोक्सोमा मात्र नभएर सिंगो शरीरमा क्षति पर्‍याउँछ। अल्कोहलले फोक्सोका साथै कलेजोमा पनि असर गर्छ। फोक्सो सम्बन्धि समस्या भएका मानिसले अल्कोहलको सेवनबाट बच्नुपर्छ।

यस्तै धेरै नुनयुक्त खानेकुरा पनि खानु हुँदैन। अत्याधिक नुनको सेवन फोक्सोका लागि हानिकारक हुन्छ। हाई सोडियम युक्त डाइट खाँदा दमको लक्षण देखिन सक्छ। त्यसैले हामीले अत्याधिक नुन सेवनबाट जोगिनुपर्छ।

फोक्सोको समस्या भएका मानिसले तारिएको खाना पनि खानु हुँदैन। तारिएको वा तेलमा फ्राइ गरिएको खानेकुरा फोक्सोका लागि घातक हुन्छ। यसको अधिक सेवनले स्वास फेर्न गाह्रो हुनेगर्छ। अत्याधिक चिल्लोले मोटोपन पनि बढाउँछ। मोटोपनको असर हाम्रो फोक्सोमा पर्छ।

Laxmi sunrise bank
kumari

फोक्सोको समस्या भएकाहरूले धुमपान त गर्नै हुँदैन। यो हाम्रो शरीर र फोक्सोका लागि निकै घातक हुन्छ। धुमपानको सिधा असर फोक्सोमा पर्छ। त्यसैले हामीले धुमपान गर्नु हुँदैन। 

हामीले फोक्सोलाई क्षति गर्ने  चिजबाट आफूलाई बचायौं भने  कोरोना महामारीमा जीवन नै  जोगिन सक्छ। त्यसैले स्वास्थ्यलाई क्षति गर्ने चिजको सेवन नगरौं।

प्रकाशित: Apr 28, 2021| 01:03 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्