शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • खेलाडीले धैर्य गुमाउँदा काठमाडौंको हार भयो : प्रशिक्षक बालगोपाल

खेलाडीले धैर्य गुमाउँदा काठमाडौंको हार भयो : प्रशिक्षक बालगोपाल

'खेलाडीमा धैर्य गुमेको छ। यसलाई लेसनको रुपमा लिन्छौं। हाम्रो फरवार्ड, मिडफिल्ड र डिफेन्समा नै समस्या रह्यो। यसलाई सुधार गर्नु छ,' खेलमा हारपछि प्रतिक्रिया दिँदै महर्जनले भने। 
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं- काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले खेलको सुरुवातमा नै खेलाडीले धैर्यता गुमाउँदा हार व्यहोर्नुपरेको बताएका छन्। यसका साथै खेलाडीमा द्विविधामा परेकाले पनि आफ्नो टिमले हार खाएको उनको भनाइ छ।

'खेलाडीमा धैर्य गुमेको छ। यसलाई लेसनको रुपमा लिन्छौं। हाम्रो फरवार्ड, मिडफिल्ड र डिफेन्समा नै समस्या रह्यो। यसलाई सुधार गर्नु छ,' खेलमा हारपछि प्रतिक्रिया दिँदै महर्जनले भने। 

दुई खेलमा काठमाडौंको एक जित र एक हार भएपनि आफू पूर्ण सन्तुष्ट हुने ठाउँ नरहेको उनी बताउँछन्। सुपर लिगमा अक्सनबाट खेलाडी छान्ने भएकाले  कम्बिनेसन नमिलेको उनको ठहर छ। 

'पहिलो हाफको प्रदर्शनले चिन्तित भएको छु। त्यसलाई ट्यक्टिकल हिसाबले परिवर्तन गर्ने सोचमा छौं। साथै हाम्रा खेलाडीले धनगढीलाई सहज प्रतिद्वन्द्वी आकलन गरेकाले गाह्रो भयो जस्तो लाग्छ,' उनले भने।

तर धनगढी १० खेलाडीमा समेटिँदा पनि हामीले फाइदा लिन नसकेको उनी बताउँछन्।

उता धनगढीका कोच युगलकिशोर राईले भने पहिलो र दोस्रो खेलबीच धेरै आरोह-अवरोह भएको बताएका छन्। 'कि गोल खानुपर्छ, कि हान्नु पर्छ। यो नै फुटबल हो। पहिलो खेलमा हारे पनि यो खेलमा गोल गर्न सक्यौं,' उनले भने, 'पहिको खेलको गल्तीलाई सुधार गरेर आज जित निकालेका छौं। हामी उपाधिका लागि नै खेलिरहेका छौँ।' धनगढीसँग राष्ट्रिय टिमका ५ खेलाडी खेलाडी छन्। 

प्रकाशित: Apr 27, 2021| 15:15 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।