आइतबार, असोज ११, २०८३

दुई दिनको पहिरोपछि नेप्सेमा उछाल

लगातार दुई दिन ओरालो लागेको सेयर बजार परिसूचक (नेप्से) मा आज मंगलबार भने उछाल आएको छ।
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं– लगातार दुई दिन ओरालो लागेको सेयर बजार परिसूचक (नेप्से) मा आज मंगलबार भने उछाल आएको छ।

साताको पहिलो दिन आइतबार ७५ अंकले ओरालो लागेको नेप्से सोमबार पनि ६५.५८ अंकले घटेको थियो। आज भने ९२.४६ अंकले बढेर २५९९.७ अंकमा अडिएको छ।

सरकारले लकडाउन गर्ने र बजार पनि बन्द हुने सोचका साथ लगानीकर्ताले दुई दिन आफूसँग भएको सेयर धमाधम बिक्री गरेका थिए। जसका कारण नेप्सेले ओरालो गति समातेको थियो। तर सोमबार साँझ नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सेयर बजार बन्द नहुने बताएपछि लगानीकर्तामा उत्साह बढेको हो।

सेयर बजार ओरालो लागेको मौका छोपी बजारबाट चाहेको कम्पनीको सेयर उठाउनेहरु सक्रिय हुँदा मंगलबार बजारमा उछाल आएको जानकारहरु बताउँछन्। यसदिन सम्पूर्ण समूहगत परिसूचक उकालो लागेको छ। 

मंगलबार सबैभन्दा बढी कमाउनेमा अपर तामाकोशी हाइड्रोपावर, विशालबजार कम्पनी, महिला लघुवित्त, युनाइटेड इन्स्योरेन्स, समिट लघुवित्त र मल्टीपर्पस फाइनान्सका लगानीकर्ता छन्। गुमाउनेमा गुडविल फाइनान्सका लगानीकर्ता छन्।

यसदिन अपर तामाकोशी हाइड्रोपावर सबैभन्दा धेरै २३ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। २१६ कम्पनीको १ करोड २ हजार कित्ता सेयर ५ अर्ब १० करोडमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

प्रकाशित: Apr 27, 2021| 10:44 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्