शुक्रबार, असार २६, २०८३

नेपाल सुपर लिग : काठमाडौंलाई शीर्षस्थानमा जाने मौका

नेपाल सुपर लिगअन्तर्गत आज एक मात्र खेल हुँदैछ।
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं - नेपाल सुपर लिगअन्तर्गत आज एक मात्र खेल हुँदैछ। साेमबारबाट दोस्रो चरणको खेल सुरु भएसँगै आज धनगढी फुटबल क्लबले काठमाडौं रेजर्स फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने भएकाे हाे। 

पहिलो खेलमा विराटनगरसँग लज्जास्पद हार बेहोरेको धनगढी आजको खेलमा लिगमा पुनरागमन गर्ने सोचमा हुनेछ। तालिकाको पुछारमा रहेको धनगढीका लागि आज सुरुआती जित निकाल्दै खाता खोल्ने दाउमा छ।

यता उद्घाटन खेलमै उत्साहित नतिजा निकालेको काठमाडौंले भने आजको खेलमा जित निकाल्दै तालिकाको शीर्षस्थानमा पुग्ने अवसरको खोजीमा हुनेछ।

राष्ट्रिय टिम सम्हालिसकेका प्रशिक्षक बालगोपाल महर्जनले काठमाडौंको टिम सम्हालिरहेका छन्। र, उनी आफ्नो टिम उत्कृष्ट रहेको दाबी पनि गर्छन्।

यही हौसलाका साथ मैदान छिर्ने काठमाडौं लगातार दोस्रो जित निकाल्दै दुई खेलबाट ६ अंक बनाउन चाहन्छ।

प्रकाशित: Apr 27, 2021| 05:26 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।