सोमबार, असार २९, २०८३

आज वातावरण दिवसः महाअभियान घोषणा हुँदै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज ५ जुन अर्थात विश्व वातावरण दिवस । मान्छेलाई प्रकृतिसँग नजिक पार भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । 

दिवसका अवसरमा सरकार तथा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले  विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन १९७३ जुन ५ देखि यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । 

यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरण दिवसका अवसरमा वातावरणीय क्षेत्रमा सहयोग पुर्याउने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । 

उनले एक सन्देश जारी गर्दै भनेका छन्- 'आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिकासाथ अग्रसर हुँदा र आफूलाई वातावरण दिवस मनाउन पाउँदा अत्यन्तै खुशी लागेको छ ।'
 
यस्तै सरकारले वातावरण दिवसको अवसर पारेर मङ्गलबार स्वच्छ वातावरण महाअभियानसम्बन्धी एकवर्षीय कार्यक्रम घोषणा गर्दैछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।