काठमाडौं- पहिरो गएपछि अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फि रुपमा सञ्चालनमा आएको छ । सडकखण्डको चारकिलो भन्ने ठाउँमा मंगलबार बिहान ५ बजेतिर पहिरो खसेपछि अवरुद्ध भएको सडक अहिले एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।
केहिमात्रमा पहिरो पन्छाएपछि अहिले आलोपालो गरि गाडी गुडिरहेको ट्राफिक प्रहरीले जनाएको छ । पानी परिरहेकाले बाटो द्ुवै तर्फ खुलाउन समस्या भएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।
पानी रोकिएपछि पहिरो हटाउन सुरु गरिने उनले बताए । गाडी एकतर्फी मात्रै चलेपछि यात्रुहरु जामको जाममा फसेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४