शुक्रबार, असार २६, २०८३

अर्को खेलमा प्रदर्शनमा सुधार गर्छौँ : प्रशिक्षक केसी

नेपाल सुपर लिगको फ्रेन्चाइज टिम चितवनका प्रशिक्षक मेघराज केसीले अर्को खेलबाट प्रदर्शनमा सुधार गर्दै बढी अंक ल्याउने प्रयासमा रहने बताएका छन्। 
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं- नेपाल सुपर लिगको फ्रेन्चाइज टिम चितवनका प्रशिक्षक मेघराज केसीले अर्को खेलबाट प्रदर्शनमा सुधार गर्दै बढी अंक ल्याउने प्रयासमा रहने बताएका छन्। 

उनले अहिले दुई खेलाडी घाइते भएकाले केही समस्या भएको भन्दै आगामी खेलमा सुधार गर्ने बताएका हुन्।
उनले भने, ‘हाम्रोमा दुई विदेशी खेलाडी घाइते हुँदा केही समस्या भएको छ। तर खेलाडीलाई ट्रायल गराएको थिएनौँ। हामी सुरुवातबाटै समस्या टाल्ने प्रयासमा भयौँ, अरु पनि धेरै कुरामा चुक्यौँ’

खेलभर सानदार प्रदर्शन गरेका गोलकिपर विशाल सुनारबारे उनले भने, ‘विशालले राम्रो प्रदर्शन गर्दै आएका छन्। उनको प्रदर्शन मैले पहिल्यैदेखि हेर्दै आएको छु।’

पहिलो राउण्डको खेल हेर्दा सबैको लेभल उस्तै देखिए पनि आफ्नो लेभल कम भएको हो कि भन्ने लागेको केसीले बताए। सँगै उनले एउटामात्र खेलबाट बलियो र कमजोर भन्न नमिल्ने पनि बताएका छन्। उनले भने, ‘अर्को खेलमा पनि उस्तै जित निकाल्यो भने विराटनगरलाई बलियो मान्न सकिन्छ।’ 

ललितपुरका प्रशिक्षक प्रदीप हुमागाइँले बराबरी खेले पनि जित निकाल्न सकारत्मक रहेको बताएका छन्।
‘पहिलो हाफमा पेनाल्टी मिस हुनु पनि सामान्य हो। खेल हो खेलमा यस्तो हुन्छ। सबै शतप्रतिशत हुन्न। हामीले राम्रो खेल्यौँ तर चितवनका किपर विशाल राईले उत्कृष्ट खेले। मलाई प्रेसर छैन। आत्तिने मात्तिने केही छैन। टिमसँग विस्वास छ’ उनले भने।

उनले विदेशी र नेपाली खेलाडीलाई समान रुपमा अवसर दिएको हुमागाईँले बताएका छन्।

प्रकाशित: Apr 26, 2021| 14:32 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।