शनिबार, फागुन ३०, २०८२

चितवन र ललितपुरको बराबरीसँगै सकियो सुपर लिगको पहिलो चरण

नेपाल सुपर लिगको पहिलो खेलमा चितवन फुटबल क्लबले ललितपुर सिटी क्लबसँग बराबरी खेलेको छ।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं- नेपाल सुपर लिगको पहिलो खेलमा चितवन फुटबल क्लबले ललितपुर सिटी क्लबसँग बराबरी खेलेको छ।

National life

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा निरन्तर दबाब बनाएको ललितपुर चितवनसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

खेलको पहिलो हाफमा ललितपुरले पेनाल्टी गुमाउँदा अग्रता बनाउनबाट चुकेको थियो। २१ औं मिनेटमा पेनाल्टीको अवसर पाए पनि अन्जन विष्टले प्रहार गरेको पेनाल्टी चितवनका गोलकिपर विशाल सुनारले बचाउ गरेका थिए।

रिबाउन्ड भएको बलमा गरिएको प्रहार पनि सुनारले उत्कृष्ट बचाउ गरेका थिए। बाँकी समयमा पनि दुवै टिमले गोल गर्न नसकेपछि पहिलो हाफ गोलरहीत बराबरीमा रोकिएको थियो।

तर दोस्रो हाफको ४९ औं मिनेटमै डिफेन्डर कमल श्रेष्ठले गोल गरेपछि ललितपुरले खेलमा अग्रता बनाएको थियो। त्यसलगत्तै फरवार्ड नुर्लान जाहिदले आकर्षक प्रहार गरे पनि गोलकिपर सुनारले बचाउ गरे।

Laxmi sunrise bank
kumari

त्यस्तै ६८ औ मिनेटमा नुर्लानले गरेको प्रहार बारमा लागेर बाहिरियो भने ६८ औँ मिनेटमा अन्जनले गरेको प्रहार चितवनका गोलकिपरले रक्षा गरे। खेल अबधिभर दबाब बनाएको ललितपुरले इन्ज्युरी समयमा गोलको सामना गरेको हो। पेनाल्टी एरियामा विनोद गुरुङले ह्यान्ड गरेपछि चितवनका अमित तामाङले पेनाल्टी प्रहार गर्दै गोल गरेका थिए। 

यससँगै चितवन र ललितपुरले समान १-१ अंक जोडेका छन्। काठमाडौं रेजर्स, विराटनगर, बुटवल–लुम्बिनीको समान ३–३ अंक छ।

पहिलो चरण सकिँदा पोखरा र धनगढी अंकविहीन छन्। पहिलो खेलमा काठमाडौंले पोखरामाथि १-० गोलको जित निकालेको थियो भने दोस्रो खेलमा विराटनगरले धनगढीलाई ३-० गोलले हराएको थियो।

तेस्रो खेलमा बुटबल–लुम्बिनीले पोखरालाई २-० गोलले हराएको थियो। पहिलाे चरणका चार खेलमा आठ गोल भएका छन्। जहाँ पराजय हुने कुनै टिमले गोल फर्काएका छैनन्।

आजको खेलमा चितवनका विशाल सुनार सुपर प्लेयर बने।

प्रकाशित: Apr 26, 2021| 14:02 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।