सोमबार, असार २९, २०८३

आजका अखबार: बजेटसंगै कृत्रिम महँगी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयका खबरलाई आफ्नो पहिलो प्राथमिकतामा पारेका छन् ।
 
बजेटको बाहनामा व्यवसायीले मूल्यवृद्धि गरि कृत्रिम मंहँगी सृजना गरेको विषयलाई आजको कान्तिपुर दैनिकले मुख्य समाचार बनाएको छ । यो खबर अनुसार व्यवसायीले आफूखुसी मूल्य बढाए पनि सरकार र सम्बन्धित निकाय अनुगमन र कारबाही गर्न उदासीन देखिएका छन् । व्यवसायीले हरेक खाध्यान्न बस्तुमा प्रतिकिलो कम्तिमा १० देखि २० रुपैयसम्म मूल्य बढाएका छन् । भ्याट फिर्ता र कच्चा पदार्थमा कर बढाइएको बहानामा खानेतेल र दालमा कारबाजारी भइरहेको छ । 

आजको नागरिक दैनिकले भने वीपी राजमार्गमा ठूला सवारी चलाउन दिइएको इजाजत सर्वोच्च अदालतले रोकेको विषयलाई प्राथमिकताका साथ छापेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले जेठ १३ गते मन्त्रीस्तरीय निर्णय गर्दै वीपी राजमार्गमा ठूला सवारी चल्न दिने निर्णय गरेका थिए । यस्तै नागरिकले प्रदेश ४ को नाम गण्डकी राजधानी पोखरा राख्ने सहमती भएको विषयलाई पनि महत्वका साथ छापेको छ । 

ऐन कानुन बनाउने संसद्ले आफ्नै नियमावली बनाउन नसकेको विषयलाई अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाएको छ । उसले ७ सय ६२ मेगावट क्षमताको तमोर जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिन भएको तयारीलाई पनि प्राथमिकताका साथ छापेको छ । 

साना जलविद्युत आयोजनालाई ठूलो जरिवाना लगाइएको खबरलाई मुख्य समाचार बनाएको आजको कारोबारले हटेनन् विकासका समस्या, गौरवकै आयोजना थालिए शीर्षकमा अर्को खबर लेखेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।