शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • नेपाल-अफ्रिका फिल्म फेस्टिवलमा आमा, सहायक श्रीमान् र दुर्गामाण्डु उत्कृष्ट

नेपाल-अफ्रिका फिल्म फेस्टिवलमा आमा, सहायक श्रीमान् र दुर्गामाण्डु उत्कृष्ट

नवौं नेपाल-अफ्रिका फिल्म फेस्टिवल २०२१ मा ‘आमा’, ‘सहायक श्रीमान’ र ‘दुर्गामाण्डु’ उत्कृष्ट भएका छन्।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं - नवौं नेपाल-अफ्रिका फिल्म फेस्टिवल २०२१ मा ‘आमा’, ‘सहायक श्रीमान’ र ‘दुर्गामाण्डु’ उत्कृष्ट भएका छन्। काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानमा भएको फिल्म फेस्टिबल उत्कृष्ट फिल्महरूलाई पुरस्कृत गर्दै सकिएको छ। 

National life

महोत्सवमा यो वर्ष वृत्तचित्रतर्फ गणेश पाण्डेद्वारा निर्देशित तथा सारदा गैरेले निर्माण गरेको बहुपति प्रथामा आधारित  ‘सहायक श्रीमान’ (को हजबेन्ड) उत्कृष्ट भयो। यो वृत्तचित्र हिमाली भेगमा बसोबास गर्दै आएका शेर्पा समुदायका महिलाहरूमा जारी बहुपति प्रथामा केन्द्रित छ। 

यस्तै कथानक चलचित्रतर्फ हिमाल उप्रेतीद्वारा निर्देशित तथा भूपेन्द्रकुमार खड्काद्वारा निर्मित चलचित्र ‘आमा’ उत्कृष्ट भएको छ। वृद्धा आमाबुबालाई वृद्धाश्रममा राख्नेहरूको कथामा यो चलचित्र आधारित छ।

डक्युड्रामातर्फ माधवराज खरेलको निर्माण तथा निर्देशन रहेको वृत्त चलचित्र ‘दुर्गामाण्डु’ उत्कृष्ट भएको छ। दुर्गामाण्डु सुदूरपश्चिममा अझै कुप्रथाको रूपमा रहेको छाउपडी समस्यामा आधारित छ। 

यी तीनवटै उत्कृष्ट चलचित्रलाई जनही पाँच हजार रूपैयाँसहित आदिम पुरस्कार प्रदान गरिएको छ।

Laxmi sunrise bank
kumari

कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसनद्वारा आयोजित नवौं संस्करणको महोत्सव समापन समारोहमा नेपालका निमित्त अफ्रिकी मुलुक इथियोपियाका कन्सुलेट राजेन्द्र गिरीले उत्कृष्ट पुरस्कार प्रदान गरेका थिए।

यो महोत्सवले नेपालमा अफ्रिकालाई सिनेमाबाट चिनाउन ठूलो सहयोग पुर्‍याएको उनको भनाइ छ। महोत्सवमा नेपाली र अफ्रिकन चलचित्रका चुनौतीबारे बहस भएको थियो। 

शुक्रबारदेखि आइतबारसम्म चलेको महोत्सवमा नेपालमा सातवटा र अफ्रिकामा आठवटा चलचित्र प्रदर्शन गरिएको थियो।

प्रकाशित: Apr 26, 2021| 06:59 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्