शुक्रबार, कात्तिक २८, २०८२

'नोम्याडल्यान्ड'ले जित्यो ओस्कार

क्लोई चाउ निर्देशित 'नोम्याडल्यान्ड'ले यो वर्षको ओस्कार अवार्ड जितेको छ। चाउले नै निर्देशकतर्फको अवार्ड पनि उचालेकी छिन्। 
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

क्लोई चाउ निर्देशित 'नोम्याडल्यान्ड'ले यो वर्षको ओस्कार अवार्ड जितेको छ। चाउले नै निर्देशकतर्फको अवार्ड पनि उचालेकी छिन्। 

National life

रंगका हिसाबले यो विधामा अवार्ड जित्ने उनी पहिलो महिला हुन्। यो विधामा अवार्ड जित्ने उनी दोस्रो महिला निर्देशक हुन्। 

'नोम्याडल्यान्ड'मा चाउले अमेरिकाको महामन्दीमा आफ्नो सम्पूर्ण कुरा गुमाएकी ६० वर्षीया महिलाको कथा समेटेकी छन्। यो फिल्मले यसअघि गोल्डेन ग्लोब, बाफ्टा र निर्देशकको गिल्डबाट अवार्ड जितिसकेको छ। यसअघि ओस्कारमा 'हर्टलकर'बाट क्याथ्रिन विगेलोले निर्देशकको अवार्ड जितेकी थिइन्। 

फिल्म २०१७ मा जेसिका ब्रुडरले लेखेको पुस्तकमाथि आधारित रहेर बनेको हो। 'नोम्याडल्यान्ड'बाट फ्रान्सेस म्याकडोरमेन्डले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दा 'द फादर'बाट एन्थनी हप्किन्सको अभिनेतातर्फको अवार्ड उचाले। 

म्याकडोरमेन्डले यो सहित तेस्रो पटक उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन्। यजङ उङले 'मिनारी'बाट उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड प्राप्त गरिन् भने डेनमार्कको 'एनोदर राउन्ड' अन्तर्राष्ट्रिय फिचर फिल्म घोषित भयो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 26, 2021| 04:43 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्