शुक्रबार, असार २६, २०८३

सुपर लिगमा आज ललितपुर र चितवन भिड्दै

नेपालमा पहिलोपटक आयोजना भएको नेपाल सुपर लिगमा आज एकमात्र खेल हुँदैछ।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं – नेपालमा पहिलोपटक आयोजना भएको नेपाल सुपर लिगमा आज एकमात्र खेल हुँदैछ।

आजको खेलमा ललितपुर सिटी फुटबल क्लबले चितवन फुटबल क्लबको सामना गर्दैछ।

पहिलो खेलमा हार बेहोरेको ललितपुर आजको खेलमा जित निकाल्दै खाता खोल्न चाहन्छ। 

लिगमा भएको उद्घाटन खेलमा ललितपुरले काठमाडौं रेजर्ससँगको प्रतिस्पर्धात्मक खेलमा एक गोलको हार बेहोरेको थियो।

पहिलो पटक सञ्चालन भएको लिगको पहिलो खेलमा हार बेहोरे पनि दोस्रो खेलबाट उ तालिकाको शीर्षस्थानतिर जान संघर्षरत हुनेछ।

यता चितवन फुटबल क्लबले जारी लिगमा पहिलो खेल खेल्दैछ। त्यसैले उ पहिलो खेल नै सम्झनलायक बनाउन चहान्छ। त्यसैले उसको योजना पनि जित निकाल्ने नै हो।

फरवार्ड भरत खबासको कप्तानीमा रहेको टिम फर्ममा रहेको खवास बताउँछन्। उनी पछिल्लो सिजनको ए डिभिजन लिगमा आर्मी टिमको कप्तानी गरेका थिए। आर्मी लिगमा उपविजेता भएको थियो।

त्यसपछि एएफसी कप खेलेर त्यसको पनि अनुभव बटुलेका भरत आजको खेलमा जित निकाल्दै सुरुवात बाटै उपाधिको दावेदारी प्रस्तुत गर्न चहान्छन्।

प्रकाशित: Apr 26, 2021| 02:11 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।