शुक्रबार, असार २६, २०८३

ला लिगा : एट्लेटिको र रियलले अंक गुमाएपछि बार्सिलोनालाई फाइदा

ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा एट्लेटिको मड्रिड एथ्लेटिक क्लबसँग पराजित भएपछि उपाधि होडमा झन् पेचिलो प्रतिस्पर्धा सुरु भएको छ।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं – ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा एट्लेटिको मड्रिड एथ्लेटिक क्लबसँग पराजित भएपछि उपाधि होडमा झन् पेचिलो प्रतिस्पर्धा सुरु भएको छ।

एट्लेटिकोसहति शीर्ष तीनमा रहेका रियल मड्रिड र बार्सिलोना पनि अहिले उपाधिको समातान्तर अवस्थामा रहेकाले ला लिगा अझै नाटकिय बन्दै गएको हो।

गएराति एथ्लेटिको क्लबको मैदानमा सम्पन्न रिर्टन लेगको खेलमा २–१ गोलले पराजित हुँदै उसले तीन अंक बटुल्ने अवसर गुमाएयो। खेलको आठौं मिनेटमै एक गोलले पछि परेको अवस्थामाबाट एथ्लेटिकोले पहिलो हाफमा बराबरी गर्नसकेन्।

दोस्रो हाफको ७७औं मिनेटमा स्टेफन साविचले गोल गर्दै खेल बराबरीमा ल्याए। तर त्यो बरबरी धेरै समय टिकेन। ८६औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै एथ्लेटिकोलाई जित दिलाए। तर, गएरातिको हारका बाबजुद ३३ खेल खेलेको एट्लेटिको शीर्षस्थानमा छ।

यता शनिबार रातिको खेलमा तालिकाको दोस्रो स्थानमा रहेको रियल मड्रिडले पनि रियल बेटिससँग गोलरहित बराबरी खेल्दै दुइं अंक गुमाएको थियो। 

दुई अंक गुमाएपछि रियल मड्रिडको ७१ अंक छ। जित कालेर शीर्षस्थानमा पुग्ने अवसर गुमाएको रियलले पछिल्ला दुई खेलमा नै बराबरीको सामना गर्दै चार अंक गुमाइसकेको छ।

त्यस्तै, आइतबार राति नै १० खेलाडीमा सिमित भिल्लारियलविरुद्ध २–१ गोलको जित निकालेको बार्सिलोना अहिले तेस्रो थानमा कायम छ।

भिल्लाका सामुएल चुक्वेजाले २६औं मिनेटमा गोल गरेपछि एक गोलले पछि परेको अवस्थाबाट एन्टोनी ग्रिजम्यानले बार्सिलोनालाई जित दिलाए।

ग्रिजम्यानले २८औं र ३५औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जिताएका हुन्। यससँगै रियलसँग अंक बराबरी गरेको बार्सिलोना तेस्रो स्थानमा छ। तर, बार्सिलोनासँग एक खेल हातमा रहेकाले उसलाई आउँदो खेल शीर्षस्थानमा पुग्ने अवसर हुनेछ।

रियल र एट्लेटिकोले समान ३३ खेल खेल्दा बार्सिलोनाले ३२ खेल खेलेको छ। र, एट्लेटिकोभन्दा दुई अंक पछि छ। बार्सिलोनाले आउँदो बिहीबार रातिको खेलमा जित निकाल्न सके रियल र एट्लेटिकोको खराव अवस्थाको फाइदा लिँदै बार्सिलोना शीर्षस्थानमा पुग्नेछ।

प्रकाशित: Apr 26, 2021| 02:06 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।