शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेतलार्इ प्रदेशस्तरी राष्ट्रपति रनिङ्ग सिल्डको उपाधि 

सुर्खेतलार्इ प्रदेशस्तरी राष्ट्रपति रनिङ्ग सिल्डको उपाधि 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रदेशस्तरीय दशौँ राष्ट्रपति रनिङ्ग सिल्डको उपाधि सुर्खेतले हात पारेको छ । शनिबारदेखि शुरु भएको प्रतियोगितामा जुम्ला दोस्रो भएको छ भने सल्यानले तेस्रो भएको छ । 

तीन दिनसम्म चलेको प्रतियोगितामामा प्रथम, दोस्रो र तेस्रो हुने जिल्लालाई क्रमशः बीस, १५ र दश हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै प्रदशसभा सांसद गुलाब जंग शाहले खेलकुद क्षेत्रले हरेक व्यक्तिलाई अनुशाशीत बनाउने भएकाले यसको विकास गर्नुपर्नेमा जोड दिए । खेलकुदले गाउँदेखि जिल्ला हुँदै समग्र देशको पहिचानलाई उजागर गर्ने भन्दै उनले सहभागी खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तर सम्मको खेल खेल्नका लागि शुभकामना दिए ।

खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य शान्ति सिंहले यही जेठ २४ र २५ गते काठमाण्डौँमा हुने प्रतियोगितामा धेरै पदक कर्णालीले नै जित्ने विश्वास व्यक्त गरिन् ।

प्रतियोगितामा पुरुष कपर्दीतर्फ सल्यान प्रथम र दैलेख दोस्रो भयो भने महिला कपर्दीतर्फ सुर्खेत प्रथम र दैलेख दोस्रो भयो । त्यस्तै, महिला भलिवलमा सल्यान प्रथम,  कालिकोट दोस्रो र जुम्लाले तेस्रो भयो । पुरुषतर्फ भने सल्यान प्रथम, दोस्रो रुकुम र तेस्रो स्थान सुर्खेतले हात पार्‍यो । 

भलिबल छात्रातर्फ सल्यानकी लिला के.सी र छात्रतर्फ सल्यानकै रञ्जित वि.क. उत्कृष्ट खेलाडी घोषित भए । कपर्दीमा छात्रातर्फ सुर्खेतकी देवीका थापा र छात्रतर्फ सल्यानका नवराज क्षेत्री उत्कृष्ट घोषित भए । 

कराँतेमा उत्कृष्ट छात्रा एलिना थापा मगर र छात्रतर्फ चिरन थापा उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै, तेक्वान्दोमा छात्रतर्फ लक्ष्मण गुरुङ्ग (दैलेख) र छात्रातर्फ मनिषा विक (सुर्खेत), उसु खेलमा छात्र र्फ कृष्ण सिंह (सुर्खेत) र छात्रातर्फ मालिका सार्की (सुर्खेत) उत्कृष्ट घोषित भए ।

त्यस्तै, एथ्लेटिक्सतर्फ नवराज रावत (जुम्ला) उत्कृष्ट खेलाडी घोषित भए। खेलकुद पत्रकार मञ्च सुर्खेत शाखाले जुम्लाका खेलाडी रावत र भलिवल खेलाडी चरित्र शाहीलाई (कालिकोट) नगद सहित सम्मान गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।