बिहीबार, माघ ८, २०८२

आईपीएलमा बैंगलोरको पहिलो हार, चेन्नई शीर्षस्थानमा 

इन्डियन प्रमियर लिग (आईपीएल) मा लगातार जित निकालिरहेको लिग लिडर रोयल च्यालेन्सर्ज बैंगलोर (आरसीबी) ले पहिलो हार बेहोरेको छ।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं- इन्डियन प्रमियर लिग (आईपीएल) मा लगातार जित निकालिरहेको लिग लिडर रोयल च्यालेन्सर्ज बैंगलोर (आरसीबी) ले पहिलो हार बेहोरेको छ।

National life

मुम्बई रंगशालामा भएको खेलमा आरसीबी चेन्नई सुपर किंग्ससँग ६९ रनले पराजित भएको हो। यो हारसँगै आरसीबी दोस्रो स्थानमा झरेको छ भने चेन्नई शीर्षस्थानमा उक्लिएको छ। 

टस जितेर ब्याटिङ रोजेको चेन्नईले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा १९१ रन बनाएको थियो। तर जवाफी ब्याटिङ आरसीबीले निर्धारित २० ओभर खेल्दै नौ विकेट गुमाएर १२२ रन बनाएपछि उसले ठूलो हार बेहोरेको हो। 

प्लेयर अफ दि म्याचसमेत बनेका रविन्द्र जाडेजाले चेन्नईका लागि अविजित ६२ रन बनाए भने फाफ डू प्लेसिसले ५० रन जोडे। रितुराज गायक्वड ३३ रनमा आउट हुँदा सुरेश रैनाले २४ रन जोडे। 

बैंगलोरका लागि हर्षल पटेलले तीन र युजवेन्द्र चहलले एक विकेट गिराए। जवाफी ब्याटिङमा आरसीबीले ब्याटिङमा जादु देखाउन सकेन। अघिल्लो खेलमा सेन्चुरी हानेका देवदत्त पडिक्कलले ३४ रन र ग्लेन म्याक्सवेलले २२ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। 

Laxmi sunrise bank
kumari

चेन्नईका बलरका लागि आजको खेल स्वर्णिम रह्यो। रविन्द्र जाडेजाले तीन विकेट गिराए भने इमरात ताहिरले दुई विकेट लिए। 

एक विकेट लिनेमा सम कुरन, श्रदुल ठाकुर रहे। यो हारपछि आरसीबी नेट रन रेटमा पछि पर्दै एक स्थान तल झरेको छ। 
समान ८ अंक बनाएको चेन्नई शीर्षस्थानमा उक्लिएको छ।

प्रकाशित: Apr 25, 2021| 14:51 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।