बिहीबार, माघ ८, २०८२

प्रतिस्पर्धात्मक खेलमा बुटबल लुम्बिनीले निकाल्यो पहिलो जित

नेपाल सुपर लिगअन्तर्गत आइतबार सम्पन्न दोस्रो खेलमा पोखरा थन्डर्सलाई बुटबल लुम्बिनीले २–० गोलले हराएको छ।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं- नेपाल सुपर लिगअन्तर्गत आइतबार सम्पन्न दोस्रो खेलमा पोखरा थन्डर्सलाई बुटबल लुम्बिनीले २–० गोलले हराएको छ।

National life

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पोखरालाई हराउँदै बुटबल–लुम्बिनीले लिगमा पहिलो जित निकालेको हो।
खेलको २३ औं मिनेटमा पोखराका कप्तान नवयुग श्रेष्ठले प्रहार गरेको गोल पोस्टबाहिर गएपछि पोखरा सुरुवाती अग्रता बनाउनबाट चुकेको थियो।

रबिन श्रेष्ठले पोखराका रवी पासवानमाथि फल गरेपछि पाएको फ्रि किकमा राजेश परियारले बललाई पोस्टभित्र छिराउन नसकेपछि पोखरा फेरि अग्रता बनाउनबाट चुक्यो।

यता खेलको ४२ औं मिनेटमा मान बहादुर परियारले प्रहार गरेको बललाई अरमान्ड बेडौमले ब्याकहेड बाट पोस्टमा प्रहार गरेपछि बुटबलले खेलमा अग्रता बनायो।

यससँगै खेलको पहिलो हाफमा बुटबल १–०  गोलले अघि रह्यो।

Laxmi sunrise bank
kumari

दोस्रो हाफको ५७ औं मिनेटमा लक्ष्मण रुचालले गरेको प्रहारलाई पोखराका दीप कार्कीले उत्कृष्ट बचाउ गरेपछि बुटबल–लुम्बिनीले अग्रतालाई दोब्बर बनाउनबाट चुकेको थियो।

६५ औं मिनेटमा सुमन लामाको पावरफुल प्रहार पोस्टमा लागेर फर्किएपछि पोखराका डिफेन्डरले क्लियर गरेका थिए। खेलको ७२ औं मिनेटमा पोखराका राफेल रिम्गागोको प्रहार पनि पोस्टबाहिर गएको थियो।

तर ७६ औं मिनेटमा अमिरको क्रस खेर गएन। उनले आशिष लामाका लागि दिएको पास अजित भण्डारीलाई आफ्नै पोस्टमा छिराएपछि बुटवल–लुम्बिनीले अग्रता दोब्बर बनाएको थियो।

यससँगै बुटवलले २–० गोलका साथ खेल जित्दै तीन अंक बटुलेको छ। यसअघि सम्पन्न दुई खेलबाट विराटनगर र काठमाडौं रेजर्सले समान ३/३ अंक बटुलेका छन्। 

चितवनबाहेक सबै क्लबले पहिलो खेल खेल्दा ललितपुर, धनगढी र पोखराले हार बेहोरेका छन्। चितवनले पहिलो खेल भोलि ललितपुरसँग खेल्नेछ।

प्रकाशित: Apr 25, 2021| 13:55 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।