शनिबार, फागुन ३०, २०८२

दुई स्पर्धाको सेमिफाइनल पुगे रामविनय

बाह्रौं सार्वजनिक संस्थान राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको पुरुष सिंगल्स र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भइरहेको प्रतियोगितामा पुरुष भेट्रान ४५ वर्षमाथि डबल्समा रामविनय श्रेष्ठ सेमिफाइनल प्रवेश गरेका छन्।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं- सार्वजनिक संस्थान राष्ट्रिय खेलकुद प्रतियोगिताको बाह्रौँ संस्करणमा ब्याडमिन्टनतर्फ पुरुष सिंगल्स र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भइरहेको प्रतियोगितामा पुरुष भेट्रान ४५ वर्षमाथि डबल्समा रामविनय श्रेष्ठ सेमिफाइनल प्रवेश गरेका छन्। आइतबार भएका दुवै स्पर्धामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका रामविनय सेमीफाइनल प्रवेश गरेका हुन्। 

National life

सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपाल (पेस्डान)को आयोजनामा भएको प्रतियोगितामा रामविनयले नागरिक लगानी कोषका पुरुषोत्तम पौडेललाई २१–१५ र २१–८ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन्।

यसअघि रामविनयले औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका रामबहादुर तामाङलाई २१–११ र २१–१८ को सिधा सेटमा हराएका थिए।

सोही स्पर्धामा कृषि विकास बैंकका टक्कर कुँवरले नेपाल विद्युत प्राधिकरणका सरोज तामाङलाई ११–२१, २१–१६ र २१–१८ सेटमा पाखा लगाएका थिए। विद्युतका टेकबहादुर बुढाले राष्ट्रिय वाणिज्य बैंकका गोरखबहादुर शाहीलाई २१–१ र २१–१३ मा र वाणिज्यका गुप्ता केसीले विद्याुतका रत्न श्रेष्ठलाई ११–२१, २१–१९ र २१–१० ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरेका हुन्।

महिला सिंगल्समा बिमा संस्थानकी सविना श्रेष्ठले वाणिज्यकी पुष्पाकुमारी खनाललाई १५–२१, २१–१३ र २१–११ तथा वाणिज्यकी दुर्गाकुमारी कँडेलले नेपाल वायु सेवा निगमकी सविना बस्नेतलाई २१–१५ र २१–१८ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे।

Laxmi sunrise bank
kumari

पुरुष भेट्रानमा पनि रामविनयको सेमिफाइनल यात्रा
राखेप कभर्डहलमा भइरहेको पुरुष भेट्रान ४५ वर्षमाथि डबल्समा प्रतियोगितामा रामविनयले जनक भारतीसँगको साझेदारीमा वाणिज्यका विश्वप्रसाद दाहाल र लालबहादुर थापाको जोडीलाई हराएका हुन्। रामविनयको जोडीले १८–२१, २१–१८ र २१–१८ को सेटमा पन्छाउँदै सेमीफाइनल यात्रा तय गरेको हुो।

स्पर्धामा एभरेस्ट बैंक लिमिटेडका सन्तोष भट्टराई र पुष्पराज उप्रेती तथा विद्युतका उमेशकुमार भण्डारी र विष्णु मास्केको जोडीले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे।

पुरुष डबल्समा मुक्तिनाथ विकास बैंकका थानेश्वर अर्याल/प्रेम थापा तथा विद्युतका भूपेन्द्र बिसी/प्रितम बस्नेत, विष्णु मास्के/सरोज तामाङ र राजु महर्जन/लोकेन्द्रबहादुर साउदको जोडीले आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान बनाए।

प्रतियोगितामा १२ संस्थाका ७० खेलाडीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन्। सबै स्पर्धामा नगद पुरस्कार रहेको प्रतियोगिताको कुल पुरस्कार १ लाख २२ हजार रुपैयाँ छ। प्रतियोगिता सोमबार सम्पन्न हुने छ।

प्रकाशित: Apr 25, 2021| 12:54 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।