बिहीबार, माघ ८, २०८२

एनएसएलमा विराटनगरको सुखद् सुरुआत 

नेपाल सुपर लिग अन्तर्गत आइतबारको पहिलो खेलमा धनगढी फुटबल क्लबविरुद्ध विराटनगर फुटबल क्लबले सहज जित निकालेको छ।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं– नेपाल सुपर लिग अन्तर्गत आइतबारको पहिलो खेलमा धनगढी फुटबल क्लबविरुद्ध विराटनगर फुटबल क्लबले सहज जित निकालेको छ।

National life

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा रन्जित धिमालको कप्तानीमा रहेको विराटनगरले किरण कुमार लिम्बूको कप्तानीमा रहेको धनगढीमाथि ३–० गोलको सहज जित निकालेको हो। 

विराटनगरको जितका लागि विक्रम धिमाल, एडिलाज सोमिडे र सन्तोष तामाङले समान १–१ गोल गरेका थिए। यो जितसँगै विराटनगरले तीन अंक जोडेको छ भने पहिलो खेलमा धनगढीले अंक जोड्न सकेन। शनिबार भएको सुपर लिगको पहिलो खेलमा काठमाडौं रेजर्सले ललितपुरमाथि जित निकाल्दै तीन अंक जोडेको थियो।

यससँगै काठमाडौं र विराटनगरको समान ३–३ अंक छ। गोलअन्तरका आधारमा विराटनगर अघि छ। त्यस्तै, आजको दोस्रो खेलमा पोखरा थन्डर्सले बुटबल लुम्बिनी एफसीसँग प्रतिस्पर्धा गर्दैछ।
 

प्रकाशित: Apr 25, 2021| 12:23 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।