आइतबार, वैशाख २७, २०८३

शिव हमालको शब्दमा ‘झुम्के मायालु’ सार्वजनिक

चर्चित गीतकार शिव हमालको लय तथा शब्दमा लोकदोहोरी गीत ‘झुम्के मायालु’ रिलिज भएको छ।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं- चर्चित गीतकार शिव हमालको लय तथा शब्दमा लोकदोहोरी गीत ‘झुम्के मायालु’ रिलिज भएको छ।

National life

पछिल्लो समय धेरै रुचाइएका गायक बिमल परियार र गायिका राखी मल्लको आवाजमा ‘झुम्के मायालु’ आइतबार रिलिज भएको हो। 

विश्वास नेपालको संगीत संयोजन रहेको गीतको भिडियोले रिलिज भएको छोटो समयमै चौतर्फी चर्चा बटुल्न सफल भएको छ। गीतको भिडियोलाई शिव हमालको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।

चर्चित मोडल तथा निर्देशक सुनील क्षेत्रीको निर्देशनमा तयार पारिएको भिडियोमा मोडल समारिका ढकाल र सुनील क्षेत्रीलाई नै देख्न सकिन्छ। 

दुर्गा पौडेलको छायांकन रहेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका छन्।

 

प्रकाशित: Apr 25, 2021| 11:03 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्