सोमबार, असार २९, २०८३

ढुंगेलको रिहाइपछि न्यायाधीशको हात काम्यो : सिटौला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अदालतको आदेशमा सजाय भोगिरहेका बालकृष्ण ढुंगेललाई सरकारले रिहाइ गरेपछि न्याय दिने न्यायाधीशको हात कामिरहेको बताएका छन्। 

नेपाल विद्यार्थी संघको प्रदेश–३ समितिको विचार गोष्ठीलाई सम्बोधन गर्दै सिटौलाले भने, ‘ढुंगेलले अपराधको पश्चाताप नगरेको, अपिल नगरेको र पीडितले क्षमादान नदिएको अवस्थामा उनको रिहा हुनु मुलुकमा दण्डहीनताले प्रश्रय पाउनु हो।’

‘काठमाडौंमा दरबार बनाएर ऐस–आराम गर्ने र चाकडीबाजहरूको प्रशंसा सुनेर बस्ने नेताबाट अब पार्टी चल्दैन।’


ढुंगेलले अपराधको घटनाप्रति क्षमा याचना गर्नुको साटोमा पीडित र अदालतका न्यायाधीशहरूलाई चुनौती दिएकाले अब न्यायाधीशहरूले फैसला गर्दा हात कमाउने र न्याय मर्ने वातावरण आएको सिटौलाको भनाइ थियो। उनले भने, ‘ढुंगेलको रिहाइले द्वन्द्वपीडितले न्याय नपाउने र दण्डहीनताले मुलुक अराजकतातर्फ धकेलिने अवस्था आएको छ।’ 

प्रचण्डसँगै हिंसाको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लवले फेरि हिंसात्मक बाटो रोज्नुको कारण पत्ता लगाउन सरकारलाई उनले आग्रह गरे। ‘विप्लव तपाईंकै भाइसाथी होइनन्?’ सिटौलाले प्रचण्डलाई प्रश्न गरे, ‘सत्तामा गएर पीडितलाई न्याय दिने र हिंसामा गएको साथीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने कर्तव्य तपाईंको हो कि होइन?’

चाकडी प्रथा र सत्ताको ह्याङ्ओभरले कांग्रेस कमजोर 

सिटौलाले कांग्रेसका नेताहरूमा सत्ताको ह्याङ्ओभर अझै रहेकाले सरकारले गरेका गलत कामको डटेर मुकाबिला गर्न नसकेको बताए। 

‘काठमाडौंमा दरबार बनाएर ऐस–आराम गर्ने र चाकडीबाजहरूको प्रशंसा सुनेर बस्ने नेताबाट अब पार्टी चल्दैन,’ उनले भने, ‘पार्टी चलाउन गाउँमा गएर कांग्रेसका कार्यकर्ताको चाहना र दुःख बुझ्न सक्नुपर्छ नत्र चाकडीबाजले संसारको कुनै पनि संस्थालाई टिकाएको रेकर्ड छैन।’

पार्टी नेतृत्वप्रति आक्रामक बनेका सिटौलाले अन्तिम राणा प्रधानमन्त्री मोहनसमशेरको चाकडी गर्नेहरू र गणतन्त्र आउँदा राजा ज्ञानेन्द्रको चाकडी गर्नेहरू कोही पनि सँगै नभएको दृष्टान्त दिए। 

‘कांग्रेसको नेतृत्व गरेका बीपी कोइरालाले कहिल्यै कुर्सीका वरिपरि घुम्नेहरूको कुरा सुन्नु भएन,’ सिटौलाले भने, ‘तर, अहिले चाकडीबाजहरूको बिगबिगीले गर्दा स्वाभिमानी कार्यकर्ताको मनोबल गिरेको छ।’

विष्फोटमा खुट्टा गुमाएकी मीरालाई तीन लाख

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसारका क्रममा विप्लव माओवादीको बम विष्फोटमा परी एउटा खुट्टा गुमाएकी नेविसंघ केन्द्रीय सदस्य मीरा कटुवाललाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ। 

उदयपुरको–२ मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका नारायण कार्कीसँगै प्रचारमा खटिएकी उनी विष्फोटमा परेकी थिइन्। उनको एउटा खुट्टा काट्नु परेको छ। 

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदासमेत उनलाई राहत नदिइएकामा विद्यार्थी नेताहरूले आक्रोस पोखेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।