काठमाडौं- काठमाडौबाट तराई र मध्य पहाड जोड्ने बीपी राजमर्गमा अब ठुला गाडि चलाउन नपाईने भएको छ।
सोमबार सर्वोच्च अदालतले एक आदेश जारी गर्दै यस्तो रोक लगाएको हो । सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले ठूला गाडीलाई इजाजत दिने जेठ १३ गतेको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चले यस विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई ओदश दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४