शुक्रबार, असार २६, २०८३

अन्तर्राष्ट्रिय टी–ट्वेन्टीमा नेपालको ऐतिहासिक जित

ट्राइ नेशन टी–ट्वेन्टी सिरिजमा नेपालले ऐतिहासिक जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सविरुद्ध १४२ रनको फराकिलो जित निकाल्दै उपाधि हात पारेको हो।
 |  शनिबार, वैशाख ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ११, २०७८

काठमाडौं- ट्राइ नेशन टी–ट्वेन्टी सिरिजमा नेपालले ऐतिहासिक जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सविरुद्ध १४२ रनको फराकिलो जित निकाल्दै उपाधि हात पारेको हो।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १७.२ ओभरमा पुरै विकेट गुमाएर ९६ रनमा समेटियो।
नेपालका लागि करण केसीले ३ तथा सन्दीप लामिछाने र कमल ऐरीले २–२ विकेट लिए। अविनाश बोहोरोले अन्तिम १ विकेट लिए।

नेदरल्याण्ड्सका लागि सेबास्टियन ब्राटले सर्वाधिक २६ रन बनाए भने म्याक्स वडागडले २० रन जोडे। पिटर सीलार १३ रनमा समेटिए। अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन्।

त्यसअघि नेपालले कुशल भुर्तेल र कुशल मल्लको उत्कृष्ट व्याटिङमा २३८ रनको स्कोर खडा गरेको थियो।

नेपालले पुरै ओभर खेल्दै ३ विकेट गुमाएर यो स्कोर खडा गरेको हो। नेपालका लागि भुर्तेलले सर्वाधिक ७७ रनको अर्धसतकीय पारी खेले। उनले ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै कुशल मल्लले २४ बलमा २ चौका र ५ छक्काको मद्दतमा अभिजित ५० रन जोडे। दीपेन्द्र सिंह ऐरी अभिजित ४८ रनको योगदान दिन सफल भए। उनले १८ बलको सामना गर्दा ५ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रन जोड्दा आसिफ शेखले ८ बलमा १६ रन बनाए।

नेपालले बनाएको २३८ रनको स्कोर अन्तर्राष्ट्रिय टी–ट्वेन्टीमा हालसम्मकै ठूलो स्कोर हो।

नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको ट्राइ नेशन टी–ट्वेन्टी सिरिजमा मलेसिया लिग चरणबाट बाहिरिएको थियो। उसले जितको खाता खोल्न नसके पनि नेदरल्याण्ड्ससँगको एक खेल बराबरी गर्दै एक अंक जोडेको थियो।

डबल राउण्ड रोबिन लिगमा भएको खेलमा नेपाल भने शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको थियो।

प्रकाशित: Apr 24, 2021| 10:47 शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।