काठमाडौं – ट्राई नेसन्स टी–२० क्रिकेट सिरिजअन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा फाइनल खेल हुँदैछ।
लिग चरणमा शीर्षस्थानमा रहेको नेपाल र दोस्रो स्थानमा रहेको पाहुँना टिम नेदरल्यान्ड्सले उपाधिका लागि दिउँसो भिडन्त गर्नेछन्।
जारी प्रतियोगिताको लिग चरणमा दुवै टिमाले उत्कृष्ट प्रदर्शन गरेका थिए। नेपाल र नेदरल्यान्ड्सबीचको पहिलो खेल नेपालले जितेको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्सले जित निकालेको थियो।
नेपालले दुवै खेलमा अर्को पाहुना टिम मलेसियालाई हराएको थियो भने नेदरल्यान्डले मलेसियाविरुद्ध एक बराबरी र एक जित निकालेको थियो। नेदरल्यान्ड्सको उत्कृष्ट लयलाई परास्त गर्न सके आज नेपालले पहिलो पटक घरेलु मैदानमा उपाधि जित्नेछ।
‘उपाधि जित्ने कप्तान हुनु निकै फाइदाजनक हुन्छ। मलाई पनि त्यो फाइदा होस भन्ने चहान्छु। घरेलु मैदानमा अन्तराष्ट्रिय कप जित्नु राम्रो हो,’ नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले भने।
लगातार जितका साथ हौसिएको नेपाली टिमले आज दर्शकबिहिन मैदानमा खेल्दैछ।
पछिल्लो खेलमा कीर्तिपुर मैदानमा दर्शकलाई उपस्थित हुनका लागि अनुमति नदिए पनि दर्शहरू मैदान बाहिरबाट खेल हेन आएका थिए। फाइनलमा पनि त्यसरी नै दर्शक आउने अनुमान लगाउन सकिन्छ। तर, उनीहरू प्यारपिटमा बस्न पाउने छैनन्।
त्यसलाई बुझेका कप्तन मल्ल भन्छन्, ‘भित्र पस्न नपाएर दर्शक बाहिरिबाट चिहाउँदा निकै नरमाइलो लाग्दो रहेछ। अवस्था ठिक छैन तर कति समर्थक के गर्दै छन् कति रुख चढेर हेरिरहेका छन र मैदान भित्र नहुँदा खल्लो हुँदो रहेछ।’
उनले फाइनल खेलमा जस्तो अवस्था आए पनि आफू उत्कृष्ट प्रदर्शन गर्नका लागि तयार रहेको बताएका छन्।
त्यस्तै नेदरल्यान्डका कप्तान बेन कुपरले नेपाली समर्थको तारिफ गरेका थिए। तर, फाइनलमा समर्थक नुहँदा खल्लो लाग्ने बताउ। उनले अर्को खेलमा ठूलो भीडबीच खेल्ने आशा कायम रहेको बताए।
तर, आजको फाइनलमा समर्थक नभए पनि त्यसको फाइलदा आफूले लिन नसक्ने अवस्था रहेको बताएका छन्। आफू र नेपाल उत्तिकै टिम भएकाले फाइनल धेरै टफ हुने उनले बताएका छन्। खेल आज दिउँसो १:१५ बाट कीर्तिपुर मैदानमा हुँदैछ।