शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाल सुपर लिग आजबाट : उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्दै

नेपाल सुपर लिग आजबाट : उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्दै

 |  शनिबार, वैशाख ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ११, २०७८

काठमाडौं – नेपालमा पहिलोपटक आयोजना भएको फुटबल फ्रेन्चाई नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ।

यसका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला तयार भइसकेको आयोजक नेपाल स्पोट्स एन्ड इभेन्ट मेनजेमन्ट प्रालिका सीईओ सुदिप शर्माले जानकारी दिएका छन्।

प्रतियोगिताको पहिलो खेलमा ललितपुर सिटी फुटबल क्लब र काठमाडौं रेजर्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुवै टिम आजको खेलमा जित निकाल्दै सुखद सुरुआत गर्न चहान्छन्।

गत चैत छ गते सम्पन्न अक्सनमा उत्कृष्ट टिम छनोट गरेको दाबी गरेको दुवै टिले आजको खेलमा जित निकालेर उपाधि रक्षाका लागि सुरुबाटै दाबी प्रस्तुन गर्ने बताएका छन्।

काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनका अनुसार टिमका तयारी राम्रो छ। ‘सबै क्लबको उस्तै तयारी छ। त्यसअर्थमा हाम्रो पनि तयारी राम्रो नै छ भन्नुपर्छ। अहिसम्म अभ्यास सेसन जस्तो भइरहेको छ त्यो अनुसार सन्तुष्ट छु,’ उनले भने।

प्रतियोगिता कोभिडको महामारीबीच भए पनि खेलाडी सुरक्षित राख्नका लागि सबै खालका विधि अपनाएको प्रशक्षक महर्जन बताउँछन्। यसकारण प्रतियोगिताका दौरान खेलाडीले कोभिड–१९ को संक्रमणबारे खेलाडीले चन्तित हुनुपर्ने अवस्था नरहेको उनको दाबी छ।

त्यस्तै क्लबका कप्तान विकेश कुथुले यो लिग खेलाडीका लागि ठूलो अवसर भएकाले आफू र आफ्नो क्लबले सानदार प्रदर्शन गर्ने बताएका छन्।

क्लबले उपाधिका साथै राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेलको प्रशिक्षक महर्जन बताउँछन्।

त्यस्तै, ललितपुर सिटी एफसीका प्रशिक्षक प्रदिप हुमागाईंले पनि पहिलो खेलमा जित निकाल्न आतुर रहेका बताएका छन्।

‘हामी च्यापियन्सका लागि फाइट गर्नेछौं। लामो समयपछि नेपाली फुटबलमा फर्किन पाउँदा खुसी लागेको छ,’ उनले भने।

कप्तान अन्जन विष्टले पनि सबै कुरा तयार रहेको र खेल्नका लागि आतुर रहेको बताएका छन्। ‘लिग खेलमा लामो तयारी हुने भए पनि फ्रेन्चाइजका खेलका लागि तयारी लामो भएन। तर, जति पनि व्यवस्थापन भएको छ जति पनि खेलाडी छन् सबै खेलमा लागि आतुर छन,’ उनले भने।

उद्घाटन खेल आज साँझा साढे पाँच बजे दशरथ रंथशालामा हुनेछ। कोभिड–१९ को महामारीका कारण रंगशालामा दर्शकको उपस्थिति बन्द गरिएको छ।

यस्तो छ ललितपुरको टिम

अन्जन विष्ट (कप्तान), विनोद गुरुङ, कमल श्रेष्ठ, प्रवेश दनुवार, मिक्छेन तामाङ, नविन लामा, एरिक विष्ट, विमल राना, रोहित कार्की, संन्यज योन्जन लामा, रन्जन विस्ट, निरोज बस्नेत, पासाङ लामा, गौरव बुढाथोकी, अर्पण कार्की, नुर्लन नोव्रुजोभ र विलिम पोसिन्कोविच

यस्तो छ काठमाडौंको टिम 

विकेश कुथु (कप्तान), तेज तामाङ, आशिष गुरुङ, संजोग राई, त्रिदेव गुरुङ, सन्दिप शिखाकार, राजन गुरुङ, विनय श्रेष्ठ, रुमेश बर्तौला, पृथ्वी चौधरी, विश्वास श्रेष्ठ, अन्जन राई, सुदिल राई, विमल पाण्डे, प्रिजेन तामाङ, मेसुके ओलोउमो, स्टेफेन समिर, फ्लोरेन्ट कारा

प्रकाशित: Apr 24, 2021| 01:42 शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।