शुक्रबार, असार २६, २०८३

मुम्बईको ब्याटिङ नचलेपछि पञ्जाबद्वारा ९ विकेटले पराजित

रोहित शर्माले ६३ रन बनाए पनि १३१ रनमा समेटिएको मुम्बई इन्डियन्सले इन्डियन प्रिमिय लिग (आईपीएल)को शुक्रबार राति सम्पन्न खेलमा नौ विकेटको हार बेहोरेको छ।
 |  शनिबार, वैशाख ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ११, २०७८

काठमाडौं – रोहित शर्माले ६३ रन बनाए पनि १३१ रनमा समेटिएको मुम्बई इन्डियन्सले इन्डियन प्रिमिय लिग (आईपीएल)को शुक्रबार राति सम्पन्न खेलमा नौ विकेटको हार बेहोरेको छ।

चेन्नई रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले ६ विकेटको क्षतिमा पुरा ओभर खेल्दै १३१ रन बनाएको थियो। जवाफी ब्याटिङमा पञ्जाबले १७ ओभर चार बल खेल्दै एक विकेट गुमाएर १३२ रनका लक्ष्य पुरा गरेपछि खेल पञ्जाबले जित्यो।

पञ्जाबको जितका लागि कप्तान के एल राहुलले अविजित ६० रन प्रहार गरे। साथै क्रिस गेल ४३ रनमा अविजित रहे। मयंक अग्रवाल भने २५ रन बनाएर पेवेलियन फर्किए।

खेलमा मुम्बईका राहुल चहरले एक विकेट गिराएका थिए।

त्यसपहिले ब्याटिङ गरेको मुम्बईका सूर्यकुमार यादवले ३३ रन बनाउनुबाहेक अन्यले सम्झनलायक प्रदर्शन गरेनन्।

पञ्जाबका लागि मोहम्मद शामी र रवी विश्नोइले समान २–२ विकेट गिराए। त्यस्तै, समान १–१ विकेट लिनेमा दिपक होडा र अर्षदिप सिंह रहे।

यो जितसँगै पञ्जाबले जारी सिजनमा दोस्रो जित निकालेको छ। मुम्बईले पनि समान ५ खेलबाट दुई जित निकालेको छ। चार खेलमै जित निकालेको बैंगलोर तालिकाको शीर्षस्थानमा छ।

प्रकाशित: Apr 24, 2021| 01:11 शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।