शुक्रबार, असार २६, २०८३

उपाधिका लागि होङ्गान्जी न्यु डायमन्ड र एपीएफ भिड्दै 

होङ्गान्जी न्यु डायमन्ड र एपीएफ भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज दिउँसो भिड्दैछन्।
 |  शनिबार, वैशाख ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ११, २०७८

काठमाडौं – होङ्गान्जी न्यु डायमन्ड र एपीएफ भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज दिउँसो भिड्दैछन्।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा एनभिए लिगको विजेता डायमन्डले एनभिए लिगको उपविजेता विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

त्यस्तै, अर्को सेमिफाइनल खेलमा एपीएफले आर्मीमाथि ३–१ को सेटमा जित निकाल्दै न्यु डायमन्डसँग उपाधि भिड्न्त पक्का गरेको थियो।

प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। चौथो हुने टोलीले ५० हजार प्राप्त गर्ने छ।

प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार पुरस्कार पाउनेछन्।

प्रकाशित: Apr 24, 2021| 00:54 शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।