सोमबार, असार २९, २०८३

इलाममा पहिलो पटक विमान अवतरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इलाम- निर्माणाधीन सुकिलुम्बा विमानस्थलबाट सोमबा सफल परीक्षण उडान भएको छ । 

तारा एयरको विमान मध्यान्ह १२ बजे सुकिलुम्बा विमानस्थलमा अवतरण हुँदा स्थानीयबासी खुसी भएका थिए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको पहिलो विमान उडान परीक्षण हेर्न सयौँ नागरिक विमानस्थल पुगेका थिए ।

चालकलार्इ माला लगाएर सम्मान
पहिलो पटक विमान लिएर आएको भन्दै जिल्लाबासीले विमान चालकद्वय प्रभाकर घिमिरे र सञ्जिव मिश्रलाई फूलमालासहित सम्मान गरेका थिए । 

झण्डै छ वर्षअघि निर्माण शुरु भएको विमानस्थलमा अब ग्राभेलको काम गरिने प्राधिकरणका प्रमुख इञ्जिनियर पुष्प न्यौपानेले जानकारी दिए  । सात सय मिटर लम्बाइ र अधिकतम ६० मिटर चौडाइको धावन मार्ग यस वर्ष एक करोड १५ लाखमा ठेक्कामा दिइएको थियो । 

तीन सय २५ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थल निर्माण गर्न स्थानीय निकाय र समाजसेवीको पहलमा जग्गा अधिग्रहण गरिएको थियो । 

विमानस्थल निर्माण भए पूर्वी पहाडी भेगका स्थानीयवासीलाई सहज हुनेछ । जिल्लाका पर्यटन व्यवसायीसमेत विमानस्थल निर्माणबाट गति लिने र पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षामा छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।