शुक्रबार, असार २६, २०८३

रंगशाला निर्माणका लागि खेलाडी संघको सहयोग

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ लाख सहयोग गरेको छ।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं- नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ लाख सहयोग गरेको छ।

कलाकार सीताराम कट्टेल अध्यक्ष रहेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई शुक्रबार १ लाख रुपैयाँ सहयोग गरेको हो। फाउन्डेसनको पहलमा जनस्तरबाट चितवनको भरतपुर नगरपालिकास्थित रामपुरमा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट शंगशालामा राखिने कुर्सीमध्ये १ कुर्सी खरिद गर्दै रंगशाला निर्माणमा सहयोग गर्ने उद्देश्यले एनएनआईपीएले १ लाख रुपैयाँ उपलब्ध गराएको  हो।

फाउन्डेसनले रंगशाला निर्माणमा सहयोग जुटाउने उद्देश्यले केही समयअघि रंगशालामा राखिने कुर्सीमध्ये १ कुर्सीका लागि सहयोगकर्ताको नाम राख्ने गरी सो अभियान चलाएको थियो।

एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले १०१ नम्बरको कुर्सी उपलब्ध गराइदिन आग्रह गर्दै अध्यक्ष कट्टेललाई १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे। एनएनआईपीएले गत फागुन ८ गते आयोजना गरेको अवार्ड कार्यक्रमबाट बचेको रकमबाट उक्त सहयोग फाउन्डेसनलाई उपलब्ध गराएको हो।

एनएनआईपीएले यसअघि पनि फाउन्डेसनलाई सेन्टी भाइरसको प्रिमियर सोबाट वचत भएको रकमबाट ६० हजार रुपैयाँ उपलब्ध गराएको थियो।

अध्यक्ष श्रेष्ठले कुर्सी खरिद गर्ने भन्दा पनि भावनात्मक रुपमा अभियानसँग जोडिन सहयोग गरेको बताउँदै सम्पूर्ण खेल संघका साथै सबैलाई गच्छेअनुसार अभियानलाई सफल बनाउन सहयोग गर्न आग्रह गरे।

फाउन्डेसनका अध्यक्ष कट्टेलले खेलाडीको वृत्ति विकास र सरकारलाई सहयोग गर्न रंगशाला निर्माणको कार्य थालनी गरेको बताउँदै क्रिकेट रंगशाला भए पनि रंगशाला हातामा विभिन्न मुख्य २२ खेल विधाका संरचना पनि निर्माण गर्ने योजना रहेको बताए।

प्रकाशित: Apr 23, 2021| 13:12 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।