शुक्रबार, असार २६, २०८३

न्यु डायमन्ड र एपीएफ महिला भलिबलको उपाधिनजिक 

होङ्गान्जी न्यु डायमन्ड र एपीएफ भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिनजिक पुगेका छन्। 
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं- होङ्गान्जी न्यु डायमन्ड र एपीएफ भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिनजिक पुगेका छन्। 

शुक्रबार भएको पहिलो सेमिफाइनलमा एनभीए लिगको विजेता डायमन्डले एनभीए लिगको उपविजेता विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। 

भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभूत विद्यालयको खेल मैदानमा भएको खेलको पहिलो सेटमा डायमन्डले २५–१० को सहज जित निकालेको थियो। दोस्रो सेटमा उत्कृष्ट प्रदर्शन गरेको पुलिसले न्यु डायमन्डलाई २५–१९ मा रोक्दै सेट एक एकको बराबरीमा पुर्‍यायो। 

त्यसपछिको दुवै सेट डायमन्डले आफ्नो पक्षमा पार्न सफल भयो। तेस्रो सेटमा २५–१२ को सहज जित निकालेको डायमन्डले चौथो सेटमा २५–१९ को जित दर्ता गर्दै फाइनलमा पुग्न सफल भयो। 

पुलिसमाथिको जितमा उच्च प्रदर्शन गरेकी डायमन्डकी प्रतिभा माली प्लेयर अफ दि म्याच चुनिइन्। आजै सम्पन्न अर्को सेमिफाइनल खेलमा एपिएफले आर्मीमाथि ३–१ को सेटमा जित निकाल्दै न्यु डायमन्डसँग उपाधि भिड्न्त पक्का गर्‍यो। रोमाञ्चक बनेको पहिलो सेटमा एपिएफले आर्मीमाथी ३०–२८ को संघर्षपूर्ण जित निकालेको थियो। आर्मीले २२–१७ को अग्रतालाई जोगाउन नसक्दा ३०–२८ ले पहिलो सेट गुमाउनु परेको थियो। 

दोस्रो सेट आर्मीले २५–२२ ले आफ्नो पक्षमा पार्दा खेल थप रोमाञ्चक बनेको थियो। तेस्रो सेटमा एपिएफ २५–१९ ले विजयी हुँदै २–१ ले अघि बढ्यो। रोमाञ्चक बनेको चौथो सेटमा १६–१० ले अघि रहेको एपिएफले सघर्ष गदै २५–२३ को सेटमा जितको निकाल्दै न्यु डायमण्डसँग उपाधि भिड्न्त पक्का गर्यो। एपिएफसँग पराजित भए पनि उच्च प्रदर्शन गरेकी आर्मीकी साफिया पुन प्लेयर अफ दि म्याच हुदै २ हजार रुपैयाँ हात पारिन्।

प्रकाशित: Apr 23, 2021| 13:06 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।