शनिबार, फागुन ३०, २०८२

राष्ट्रिय टिमका कप्तान किरणले धनगढी क्लबको कप्तानी गर्ने

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बूले भोलिबाट सुरु हुने नेपाल सुपर लिगको फ्रेन्चाइज टिम धनगढीको कप्तानी गर्ने भएका छन्।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बूले भोलिबाट सुरु हुने नेपाल सुपर लिगको फ्रेन्चाइज टिम धनगढीको कप्तानी गर्ने भएका छन्।

National life

'हामीले राष्ट्रिय टोलीका समेत कप्तान रहेका किरण कुमार लिम्बूलाई धनगढी एफसीको कप्तानको जिम्मा दिएका छौँ,’ धनगढीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

लिम्बूले नेपाली राष्ट्रिय टिमबाट ६८ खेल खेलेका छन्। उनकै कप्तानीमा पछिल्लो समय नेपालले थ्री नेसन्स कपको उपाधिसमेत जितेको थियो। राउन्डग्लास पञ्जाबबाट पनि कप्तानी सम्हाल्दै उनले क्लबलाई उनले आई लिगको उपाधि दिलाएका थिए। लिगमा उनी बेस्ट गोलकिपर बनेका थिए।

उनले बंगलादेश श्रीलंका र थाइल्यान्डका विभिन्न क्लबबाट पनि घरेलु लिगमा उपाधि जितिसकेका छन्। धनगढी एफसीले राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईलाई ‘मार्की खेलाडी’ घोषणा गरेको थियो भने आइकनिक प्लेयरको रुपमा राष्ट्रिय टोलीका कप्तान किरण कुमार लिम्बूलाई अनुबन्ध गरेको थियो।

टोलीमा दुई विदेशी र दुई स्थानीय खेलाडीसमेत आबद्ध भएर प्रशिक्षण गरिरहेको क्लबले बताएको छ। टिमले पहिलो खेल आइतबार बिराटनगर सिटी एफसीसँग खेल्दै छ।

Laxmi sunrise bank
kumari

त्यस्तै क्लबको प्रशिक्षकमा नाइजेरियाली नागरिक तोपे फुजा छन् भने राष्ट्रिय टिमका पूर्वफरवार्ड एवम् उदीयमान प्रशिक्षक युगल किशोर राईलाई धनगढी एफसीले मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो।

प्रकाशित: Apr 23, 2021| 11:51 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।