मंगलबार, असार ३०, २०८३

भारतीय विदेशमन्‍त्री चढेको विमान १४ मिनेट कहाँ हरायो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भारतीय विदेशमन्त्री सुष्मा स्वराज सवार विमान १४ मिनेटसम्म बेपत्ता भएको छ । शनिबार दक्षिण कोरियाको भ्रमणमा निस्केकी स्वराज सवार विमान सम्पर्क बिहीन भएपछि तनाव सिर्जना भएको थियो । स्वराज सवार भारतीय सेनाको विमान सम्पर्क बिहीन भएको मरिससको एयर ट्राफिक कन्ट्रोलले जानकारी दिएको थियो । 

उक्त विमानसँग १४ मिनेटसम्म सम्पर्क भएको थिएन । विमान सम्पर्कमा नआएपछि मरिससले एकतर्फी रुपमा चेतावनी जारी गरेको एयरपोर्ट अथोरिटी अफ इण्डियाका महाप्रबन्धक जेवी सिंहले जानकारी दिएको बीबीसीले जनाएको छ । 

सिंहका अनुसार उडेको विमान आधाघण्टासम्म सम्पर्कमा नआए चेतावनी दिइने गरिएको सिंहले जानकारी दिए । घटनाबारे जानकारी दिँदै सिंहले भने, ‘त्यो वायुसेनाको विमान थियो । हवाई क्षेत्र हाम्रो थिएन । मालेले मरिससलाई विमानसँग सम्पर्क गर्न भन्यो तर, मरिससको एटीसीले १४ मिनेटसम्म सम्पर्क स्थापित गर्न सकेन ।’

उक्त विमान शनिबार दिउँसो दुई बजेर आठ मिनेट जाँदा तिरुवन्तपुरमबाट उडेको थियो । भारतीय हवाई क्षेत्र कटेपछि दिउँसो चार बजेर ४४ मिनेटमा मालेको एटीसीसँग सम्पर्क भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।