काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचार गर्नेको अनुहार नहेर्ने बताएका छन् । प्रदेश ३ को प्रदेशसभा बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले भ्रष्टाचार शुन्य सहनशिलता अपनाउने बताए ।
‘म आफु भ्रष्टचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ,’ प्रधानमन्त्री ओलीले भने, ‘मेरो पार्टीको होस् कि अरुको भ्रष्टचार गर्नेको अनुहार हेर्दिनँ ।’
‘हाम्रा पनि साथी भाइ यहि समाजका मान्छे हुन् त्यसको प्रभाव पर्न सक्छ तर बेठिक गर्नेलाई छोडदिन’ प्रधानमन्त्रीले भने ‘सिन्डिकेट तोडियो त्यसमा को–को छन मैले वास्ता गरिन, को–को परेछन पछि हेरौला ।’
लोकतन्त्र भनेको चुनाव लड्ने, भोट हाल्ने, चुन्ने र चुनिने मात्र नभई आधारभूत आवश्यकताको पुरा हुनुपर्ने खालको हुनुपर्ने प्रधानमन्त्रीको भनाई छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४