शुक्रबार, असार २६, २०८३

आईपीएलमा बैंगलोरको लगातार चौथो जित

इन्डियन प्रिमियर लिग (आईपीएल)को बिहीबार राति सम्पन्न खेलमा रोयल च्यालेन्सर्ज बैंगलोरले लगातार चौथो जित निकालेको छ।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल)को बिहीबार राति सम्पन्न खेलमा रोयल च्यालेन्सर्ज बैंगलोरले लगातार चौथो जित निकालेको छ।

मुम्बईको रंगशालामा सम्पन्न खेलमा राजस्थान रोयल्समाथि बैंगलोरले १० विकेटको सानदार जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा १७७ रन बनाएको थियो। जबाफी ब्याटिङमा कुनै विकेट नगुमाई १६ ओभर तीन बलमै १८१ रन बनाएर खेल बैंगलोरले जितेको थियो।

बैंगलोरका लागि ओपनर देवदत्त पडिक्कलले अविजित रहँदै १०१ रन प्रहार गरे भने कप्तान विराट कोहलीले पनि अविजित ७२ रन बनाए। राजस्थानका कुनै खेलाडीले बैंगलोरको विकेट गिराउन सकेनन्।

त्यसअघि राजस्थानका शिवम् दुवेले ४६ रन बनाउँदा राहुल तेबतियाले ४० र रियान परागले २५ रन बनाए। त्यस्तै, सन्जु समसनले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

बलिङतर्फ मोहम्मद सिरज र हर्षल पटेलले समान ३–३ विकेट लिए। त्यस्तै केन रिकार्डसन, केलिय जेमिसन र वासिङ्टन सुन्दरले समान १–१ विकेट गिराए।

१० विकेटको विशाल जितसहित बैंगलोरले चार खेलबाट शतप्रतिशत अंक बटुलेको छ भने राजस्थान दुई अंकका साथ तालिकाको पुछारमा छ।

प्रकाशित: Apr 23, 2021| 01:38 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।