काठमाडाैं- जेठ १३ गते धनगढी मेन रोडमा गोली हानेर साढे ९ लाख रुपैयाँ लुट्ने ४ जना पक्राउ परेका छन् । काठमाडौंबाट २ र धनगढीबाट २ जना पक्राउ परेका हुन् ।
काठमाडाैंबाट कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका कल्लु भनिने कालु राना र कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका राम प्रवेश रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबु क्षेत्रबाट सोमबार बिहान पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
घट्नाका मुख्य योजनाकार र र अर्का एक भने धनगढीबाट नै पक्राउ परेको स्रोतले दाबि गरेको छ । तर, कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले भने प्रहरी अनुसन्धानकै क्रममा रहेकाले नाम अहिले नै नाम भन्न नमिल्ने बताए ।
आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी ३ बस्ने निर्मल कार्कीमाथि गोली प्रहार भएको थियो । बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका उनीहरूले गोली प्रहार रकम लुटेर भागेका थिए ।
स्रोतका अनुसार कल्लुले गोलीले प्रहार गरेर लुटेको स्वीकार गरिसकेका छन् । उनी यसअघि ०६८ सालमा कञ्चनपुरमा जबरजस्ति करणी मुद्दामा परेर छ वर्ष कैद भुक्तान गरी ०७४ माघमा छुटेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४