शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा, कोसँग को भिड्दै?

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा, कोसँग को भिड्दै?

शुक्रबार हुने सेमिफाइनल खेलमा न्यू डायमन्डको सामना  पुलिसले गर्ने छ भने आर्मीले एपिएफसँग प्रतिस्पर्धा गर्नेछ।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं- भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ। न्यू डायमन्ड स्पोर्ट्स क्लब र  एपिएफ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा पुलिस र आर्मी उपविजेताको रुपमा अन्तिम चारमा पुगेका गरेका हुन्। शुक्रबार हुने सेमिफाइनल खेलमा न्यू डायमन्डको सामना  पुलिसले गर्ने छ भने आर्मीले एपिएफसँग प्रतिस्पर्धा गर्नेछ।

बिहीबारको पहिलो खेलमा आर्मीले ढोरपाटनलाई ३–० को सोझो सेटमा हराउदै समूह ए बाट उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो। आर्मीले सहज जित निकाल्ने क्रममा ढोरपाटनलाई २५–१०,२५–८ र २५–१२ ले स्तब्ध बनाएको थियो। 

आर्मीको  जितमा उच्च प्रदर्शन गरेकी सुनिता खड्का प्लेयर अफ द म्याचको उपाधि जितिन्। उनले नगद २ हजार र ट्रफी हात पारिन्। दोश्रो प्रतिस्पर्धात्मक खेलमा एपीएफले पुलिसलाई २२–२५, २५–२१, २५–२१ र २५–१५ को सेटमा हराउदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउँदा पुलिस पनि उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो।

एपिएफको जितमा उच्च प्रदर्शन गरेकी सरस्वती चौधरी प्लेयर अफ दि म्याच चुनिइन्। उनले नगद २ हजार हात पारिन्।

लिग चरणको अन्तिम खेलमा न्यू डायमन्डले आफ्ना युवा खेलाडीलाई अवसर दिएको थियो। प्रशिक्षक कुमार राईले दोश्रो रोजाईका पाँच जना खेलाडी ढोरपाटनविरुद्ध उतारेका थिए।

युवा खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि डायमन्डले ढोरपटनमाथि २५–१२,२५–१२ र २५–१२ को सहज जित निकाल्यो। ढोरपाटनविरुद्ध डायमन्डकी पनामिका राई प्लेयर अफ दि म्याच चुनिइन् । उनले नगद २ हजार हात पारिन्।

प्रकाशित: Apr 22, 2021| 15:12 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।