सोमबार, असार २९, २०८३

नेकपाका केन्द्रीय सदस्य चुनाव क्षेत्रको इन्चार्ज 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटीका सदस्यहरूलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी दिने भएको छ। 

पार्टीको संशोधित नियमावलीअनुसार वरिष्ठ केन्द्रीय सदस्यलाई इन्चार्ज र कनिष्ठलाई सह-इन्चार्ज बनाइने छ। स्रोतका अनुसार केन्द्रीय सदस्यलाई  त्यसभन्दा तल्लो निकायमा जिम्मेवारी दिएर पठाइने छैन। 

नयाँ व्यवस्थाअनुसार केन्द्रीय सदस्यहरूले एक सय ६५ वटा संघीय निर्वाचन क्षेत्रको कमान्ड गर्नेछन्। ३५ जिल्लामा एउटा मात्र संघीय निर्वाचन क्षेत्र छन्, जसमा केन्द्रीय सदस्यको भूमिका जिल्ला इन्चार्जकै रहनेछ। 

एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाहरूमा भने क्षेत्रगत हिसाबमा इन्चार्ज रहनेछन्। केन्द्रीय सदस्यलाई साविक एमालेले जिल्ला र माओवादी केन्द्रले क्षेत्र इन्चार्ज बनाएका थिए।  

केन्द्रमा ३५ वटा विभाग

नेकपाले तत्कालीन एमालेका अधिकांश केन्द्रीय विभागलाई निरन्तरता दिँदै केही नयाँ विभाग प्रस्ताव गरेको छ। तत्कालीन माओवादी केन्द्रका केन्द्रीय विभागहरू व्यवस्थित नभएकाले एमालेको संरचनालाई अनुसरण गरिनेभएको हो। 

एमालेले सरकारका मन्त्रालयकै ढाँचामा विभागहरू गठन गरेको थियो। नेकपामा संघीय तथा संसदीय, स्थानीय तह, प्रदेश संसदीय र खानेपानी तथा सरसफाइ गरी चार नयाँ विभाग गठन हुनेछन्। 

भूगोल र केन्द्रीय विभागमा जिम्मेवारी नपाउने केन्द्रीय सदस्यहरूलाई जनगर्वीय संगठन, पार्टीका नाममा रहेका प्रतिष्ठान, केन्द्रीय कार्यालयअन्तर्गत् अन्य जिम्मेवारी र प्रवासका कतिपय कमिटीहरूको जिम्मेवारी दिने तयारी भइरहेको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।