काठमाठौं – प्रिमियर क्लब आर्सनलका मुख्य प्रशिक्षक माइकल आर्टेटाले विभिन्न देशका समर्थकलाई २४ घण्टा नबित्दै सुुपर लिग प्राजेक्ट रद्ध गर्न बाध्य बनाएको आरोप लगाएका छन्।
युरोपमा प्रस्तावित सुपर लिगको स्थापनाकालकै सदस्य रहेको आर्सनलका प्रशिक्षकले बुधबार यस्तो बताएका हुन्। साथै उनले यो प्रोजेक्ट र त्यसको विरोधमा देखिएको आवाजलाई फुटबलको अहिलेसम्मकै ठूलो सन्देश भएको पनि दाबी गरेका छन्।
युरोपिनय सुपर लिगका लागि प्रस्ताव गरिएका १२ क्लबहरुमा आर्सनलले पनि आबद्ध हुने प्रतिबद्धता जनाएको थियो। क्लब र लिगको तीव्र विरोध भएपछि सुपर लिगको प्रोजेक्ट सुरु गरिएको ४८ घण्टा नबित्दै लिगलाई रद्ध गर्नु परेको थियो।
समर्थक र राष्ट्रिय संघले अनुमति नदिएको भन्दै जर्मन क्बल बायर्नले सुरुमै लिगमा सहाभागी नहुने बताइरहेको थियो। साथै समर्थकको तीव्र विरोध भएपछि ६ इंग्लिस क्लबले पनि प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए।
यससँगै लिग रद्ध हुन पुगेको थियो। लिग रद्ध भएसँगै प्रशिक्षक आर्टेटाले समर्थकका कारण आयोजकले युटर्न लिनु परको बताएका हुन्।
‘मलाई लाग्छ यसले फुटबललाई ठूलो पाठ सिकाएको छ। यसले विश्वमा फुटबलको महत्व दर्शाउँछ। यसले फुटबलको आत्मा समर्थकमा भएको प्रष्ट पार्छ,’ उनले भने, ‘हामी महामारीमा समर्थकबिना नै फुटबल खेलिरहेका छौँ। तर जब उनीहरु बाहिर आए आफ्नो स्वर ठूलो स्वरमा स्पष्ट रुपमा राखे। सायद यो फुटबलमा आजसम्मकै ठूलो सन्देश हो।’
उनले थपे, ‘प्रोजेक्ट सुरु भएको २४ घण्टा नबित्दै उनीहरुले लिग रद्ध गरे।’