शनिबार, फागुन ३०, २०८२

सयवटा टी–२० खेले सन्दीप लामिछानेले

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टी–२० क्रिकेटमा सयवटा खेल खेलेका छन्।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टी–२० क्रिकेटमा सयवटा खेल खेलेका छन्।

National life

काठमाडौंमा जारी त्रिदेशीय टी–२० सिरिज अन्तर्गत आज बिहीबार मलेसियाविरुद्धको खेलेका सन्दीपले १००औं खेल पूरा गरेका हुन्।

सन्दीप सय वटा टी–२० खेल्ने पहिलो नेपाली क्रिकेटरसमेत बनेका छन्। बिहीबार आफ्नो १००औं खेलमा मलेसियाविरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले ४२ रन खर्चेर ३ विकेट लिए। जारी सिरिजमा उनले ४ खेलमा ११ विकेट लिइसकेका छन्।

सन्दीपले नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक ४५ विकेट लिएका छन्। उनले १०० वटा खेलमा १३६ विकेट लिइसकेका छन्। 

प्रकाशित: Apr 22, 2021| 11:31 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।