काठमाडौं– मिडियम पेस बलर कमलसिंह ऐरीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्।
काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत अहिले जारी मलेसियाविरुद्धको खेलमा उनले डेब्यु गरेका हुन्।
कमलले यसअघि एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन्।
उनले घरेलु मैदान टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको विश्वकप लिग–२ मा राष्ट्रिय टोलीबाट एकदिवसीयमा डेब्यु गरेका थिए।