शुक्रबार, असार २६, २०८३

नेपालको विस्फोटक ब्याटिङमा मलेसियाले पायो कठिन लक्ष्य 

नेपाली ब्याट्स्मेनले बिस्फोटक ब्याटिङ गरेपछि पाहुना टिम मलेसियाले अन्तिम खेलमा २१८ रनको विशाल लक्ष्य पाएको छ।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं- नेपाली ब्याट्स्मेनले बिस्फोटक ब्याटिङ गरेपछि पाहुना टिम मलेसियाले अन्तिम खेलमा २१८ रनको विशाल लक्ष्य पाएको छ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पुरा ओभर खेल्दै ७ विकेटको क्षतिमा २१७ रन बनाएको हो। 

१५ ओभर चार बलपछि १४८ रनको समयमा मैदान छिरेका करण केसीले १३ बलमा ७ छक्कासहित ४५ रन बनाएपछि अन्तिम चार ओभरमा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो। उनलाई सियल अजिजले अनवर रमहानको हातबाट क्याचआउट गराए। 

त्यसअघि ओपनिङमा आएका कुशल भुर्तेलले १६ रन बनाउँदा अर्का ओपनर आसिश शेखले ४२ रन बनाए। 
त्यस्तै, कप्तान ज्ञानेन्द्रमल्ले पाँच बाउन्ड्रीसहित ४१ रन जोड्दा दीपेन्द्र सिंह ऐरीले ३३ रन जोड्दै पेवेलियन पर्किए। खेलमा अवितिज रहेका कुशल मल्लले १९ रन जोडे। 

खेलका क्रममा नेपाली खेलाडीले १९ छक्का बनाए भने नौ चौका प्रहार गरे। ठूलो सट खेल्ने क्रममा विनोद भण्डारी भने आठ रनमै क्यटआउट भए। मलेसियाका लागि फित्री शम र अनवर रहमानले समान २–२ विकेट लिए भने मुहम्मद वाफिक र अजिजले समान १–१ विकेट लिए। 

फाइनलमा पूग्नबाट चुकेको मलेसियोको जारी सिरिजमा यो अन्तिम खेल हो। नेपालले भने फाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ। फाइनल खेल आगामी शनिबार यही मैदानमा हुनेछ।

प्रकाशित: Apr 22, 2021| 09:13 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।