मंगलबार, चैत १०, २०८२

कोरोना भ्याक्सिनबारेका ६ जिज्ञासा र तिनको उत्तर

कोरोना नियन्त्रणका लागि अहिले थुप्रै भ्याक्सिनहरू बनिसकेका छन्। नेपालमा तीन वटा भ्याक्सिनले अनुमति पाएका छन्– भारतमा बनेको कोभिसिल्ड, चिनियाँ भेरोसेल र रुसी भ्याक्सिन स्पुतनिक–भी। 
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

विश्वभर नै कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिरहेको छ। नेपालमा पनि अहिले कोरोनाको दोस्रो लहर सुरु भएसँगै नयाँ भेरिएन्टको भाइरसले संक्रमितको संख्या बढ्दो क्रममा छ।  

National life

२०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहान सहरमा पहिलोपटक कोरोना भाइरस देखा परेको हो। यो भाइरसले महामारीको रुप लिएएसँगै  भ्याक्सिन बनाउने प्रयास पनि सुरु भयो। 

कोरोना नियन्त्रणका लागि अहिले थुप्रै भ्याक्सिनहरू बनिसकेका छन्। नेपालमा तीन वटा भ्याक्सिनले अनुमति पाएका छन्– भारतमा बनेको कोभिसिल्ड, चिनियाँ भेरोसेल र रुसी भ्याक्सिन स्पुतनिक–भी। 

यीमध्ये दुईवटा भ्याक्सिन लगाउने काम भइरहेको छ भने रुसी भ्याक्सिन अहिलेसम्म आइसकेको छैन। भ्याक्सिन लगाउनेहरुमा अझै पनि थुप्रै दुविधा पाइन्छ। कतिपयले के होला भन्ने डरले भ्याक्सिन लगाएका छैनन्। 

भ्याक्सिनबारेका केही प्रमुख दुविधा यस्ता छन्

Laxmi sunrise bank
kumari

के भ्याक्सिन लगाएपछि कोरोना संक्रमण हुँदैन ?

कोरोनाविरुद्धको खोप लगाउँदा पनि संक्रमण हुन सक्छ। खोप लगाएका मानिसमा भएको संक्रमणले अन्य व्यक्तिमा भाइरस सर्न पनि सक्छ। तर, खोप लगाइसकेपछि शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले संक्रमणले निम्त्याउने जटिलताबाट बच्न मद्दत पुग्छ।

संक्रमण भइहाल्यो भने भ्याक्सिन लगाएका मानिसले सहजै कोरोनालाई परास्त गर्न सक्छन्। अस्पताल जानु नै पर्दैन र जानैपर्ने अवस्था आयो भने पनि निमोनिया हुने वा शरीरका कुनै अंगमा गम्भीर असर गर्ने सम्भावना निकै कम हुन्छ।

खोप लगाउँदा नजिकका मानिसमा संक्रमण सर्ने जोखिम पनि कम हुन्छ। त्यसैले सबैले खोप लगाउनु नै बुद्धिमानी हुन्छ।

खोपको दुई डोजबीच कति समयको अन्तर आवश्यक छ ?

कोरोना खोपका दुई डोज लगाउनु उपयुक्त मानिन्छ। सुरुमा खोप लगाउन २८ देखि ४२ दिनको फरक हुनुपर्ने बताइएको थियो। स्वास्थ्य विज्ञहरूका अनुसार भ्याक्सिनको पहिलो डोज लगाइसकेपछि शरीरमा एन्टिबडी बन्न दुईदेखि तीन हप्ता लाग्छ।

यो समयमा शरीरमा तीव्र गतिमा रोग प्रतिरोधात्मक क्षमता विकास हुन थाल्छ। जसका लागि २८ दिनको समय आवश्यक हुन्छ। त्यसैले यो समयपछि अर्को डोज लगाउँदा एन्टिबडी बन्ने प्रक्रियालाई झनै तिव्रताका साथ बढाउँछ।

भ्याक्सिन लगाउन दुई डोजको बीचको ग्याप ४ देखि ८ हप्ता राख्नुपर्छ। २८ दिनपछि दोस्रो डोज लगाउन सकिन्छ। तर, ५६ दिनपछि दोस्रो डोज लगाउनु राम्रो मानिन्छ। गत फेव्रुअरीमा भएको एक अध्ययनले ६ हप्ताभित्र खोप लगाउँदा ५४.९, ६ देखि ८ हप्ताको फरकमा लगाउँदा ५९.९, ९ देखि ११ हप्ताको फरकमा लगाउँदा ६३.७ र १२ हप्ताभन्दा पछि लगाउँदा ८२.४ प्रतिशत प्रभावकारी भएको देखाएको थियो।

कोभिसिल्डको निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाका सीईओले पनि खोपबीचको अन्तर तीन महिना राखिँदा ९० प्रतिशत प्रभावकारी हुने बताउँदै आएका छन्। सातदेखि आठ हप्ताको बीचमा खोप लगाउनु नै सबैभन्दा उपयुक्त हुने अहिलेसम्मका अध्ययनहरूले देखाएका छन्।

भ्याक्सिनले कति समयसम्म काम गर्छ ?

कोरोना भाइरसको जोखिमबाट जोगिन थुप्रै देशमा थुप्रै भ्याक्सिनले अनुमति पाएका छन्। सबै भ्याक्सिन छोटो समयमा नै विकास गरिएका हुन्। सबै भ्याक्सिनको अध्ययन लामो समयदेखि भएको छैन। त्यसैले वैज्ञानिकहरु भ्याक्सिनले कति समयसम्म काम गर्छ भन्ने निष्कर्षमा अझै पुग्न सकेका छैनन्।

अमेरिकामा प्रयोग गरिएको मोडर्ना र फाइजर भ्याक्सिनले ६ महिनासम्म काम गर्ने बताइएको थियो। भारतमा प्रयोग भइरहेको भ्याक्सिनले आठ महिनासम्म काम गर्ने बताइएको थियो। कोभिशिल्ड लगाएका मानिसमा आठ महिनासम्म संक्रमण नभएको पाइएको वैज्ञानिकहरूले बताएका छन्। कोरोनाको भ्याक्सिन लगाए पनि प्रत्येक वर्ष इम्युनिटी बुस्ट गर्नका लागि खोप लगाउनुपर्ने हुन सक्छ।

के बच्चाहरूलाई पनि भ्याक्सिन दिन सकिन्छ ? 

भ्याक्सिन सामान्य रुपमा युवाहरूमा लगाइने गरिन्छ। कुनै भ्याक्सिन वयष्क मानिसका लागि पूर्ण रुपमा प्रभावकारी छ–छैन भन्नेबारे अध्ययन गर्नका लागि पहिलो चरणमा युवाहरूलाई रोज्ने गरिन्छ। भारतमा बच्चाहरूमा हालै कोभिसिल्डको परीक्षण गरिएको थियो। यसको नतिजा आउन तीन–चार महिना लाग्ने भएकाले त्यसपछि मात्रै थाहा हुनेछ।

कोभ्याक्सको खोपका लागि भारतमा ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाले १२ वर्ष माथिकाहरूलाई खोप लगाउन अनुमति दिएको छ। बालबालिकामा अन्य उमेर समूहका मानिस भन्दा कोरोनाको असर कम देखिएको छ। त्यसैले उनीहरूलाई मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, हात धुनेलगायत बानीको विकास गर्नु नै उपयुक्त हुन्छ।

के ज्वरो आउँदैमा भ्याक्सिन लगाउनुपर्छ ?

रुघा वा ज्वरो आउँदैमा भ्याक्सिन नलगाउन सल्लाह दिइन्छ। यस्तोमा मानिसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ र शरीरले भाइरससँग लडिरहेको हुन्छ। भ्याक्सिनले पनि शरीरमा इम्युन रेस्पोन्सलाई त्यसै गरी ट्रिगर गरिरहेको हुन्छ। त्यसैले रुघा वा ज्वरो आएको समयमा खोप लगाउँदा अवस्था गम्भीर हुनसक्छ। 

रुघा वा ज्वरो भनेको कोरोना संक्रमणको लक्षणमध्येकै एक हो। त्यसैले पनि यस्तो अवस्थामा भ्याक्सिन नलगाउन सल्लाह दिइन्छ। कुनै मानिस कोरोना संक्रमित भए भ्याक्सिन लगाउनु हुँदैन। पहिलो डोज खोप लगाइसकेपछि कोरोना संक्रमण भए कोरोनाका लक्षण पूर्ण रुपमा ठिक नहुँदासम्म खोपको अर्को डोज लगाउनु हुँदैन।

वैज्ञानिकहरूले रुघा वा ज्वरोका अलावा कसैलाई कुनै प्रकारको एलर्जी, ब्लिडिङ डिसअर्डर वा रोग प्रतिरोधात्मक क्षमता सम्बन्धी समस्या भए पनि कोरोना खोप लगाउनु हुँदैन। गर्भवती, दूध चुसाइरहेका महिला वा प्रेगनेन्सी प्लानमा रहेका महिलाले पनि भ्याक्सिन लगाउनु हुँदैन। 

पहिले नै संक्रमण भएकाले खोप लगाउन मिल्छ कि मिल्दैन ?

वैज्ञानिकका अनुसार संक्रमणबाट शरीरमा विकसित हुने इम्युनिटी फरक–फरक मानिसमा फरक–फरक तरिकाले काम गर्छ। संक्रमणको गम्भीरता र त्यो समयमा शरीरको रोग प्रतिरोधात्मक क्षमताअनुसार शरीरले संक्रमणको सामना गर्छ।

शरीरमा यसैअनुसार मेमोरी सेल्स सक्रिय हुन्छन्। त्यो इम्युनिटी कति प्रभावकारी छ र कति समयसम्म रहन्छ भन्न सकिँदैन। त्यसैले संक्रमण भइसकेका मानिसले पनि खोप लगाउनुपर्छ। खोपको पहिलो मात्रा लगाइसकेपछि कोरोना भए त्यसका लक्षण ठिक भइसकेपछि मात्रै लगाउनुपर्छ।

-बीबीसी हिन्दीमा प्रकाशित सामग्रीमा आधारित

प्रकाशित: Apr 22, 2021| 13:58 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्