काठमाडौं– मलेसियासँग टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ।
काठमाडौंस्थित कीर्तिपुरको टियू मैदानमा सुरु हुन लागेको नेपाल र मलेसियाको खेलमा पाहुना टिमले टस जितेर फिल्डिङ रोजेको हो।
जारी त्रिदेशीय टी–२० सिरिजमा यो अन्तिम लिग खेल हो। सिरिजमा एक खेलअघि नै नेपाल र नेदरल्यान्डस फाइनल पुगिसकेका छन्।
फाइनल खेल सोही मैदानमा आगामी शनिबार हुनेछ।