शुक्रबार, कात्तिक २८, २०८२

यस्तो छ 'दबंग'मा सलमानले लगाएको रातो चस्माको रहस्य

दबंग फिल्ममा सलमानको स्टाइलिस लुकलाई धेरैले रुचाएका थिए। चुलबुल पान्डे नामक उनको भूमिका निकै लोकप्रिय बन्यो। उनले चुलबुलको भूमिकालाई फरक ढंगबाट निभाएका थिए। 
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

दबंग फिल्ममा सलमानको स्टाइलिस लुकलाई धेरैले रुचाएका थिए। चुलबुल पान्डे नामक उनको भूमिका निकै लोकप्रिय बन्यो। उनले चुलबुलको भूमिकालाई फरक ढंगबाट निभाएका थिए। 

National life

एक्सनमा कमेडि मिसाएको उनको भूमिका सबैमा मनमा बस्न सफल भयो। दबंगमा डाइलगको प्रस्तुतिकरण पनि सलमानको दमदार नै रह्यो।

हुड हुड दबंग वाला डान्स स्टेपले फिल्मको उचाइ नै चुलियो। २०१० मा रिलिज भएको फिल्म दबंग ब्लकबस्टर सावित भएको थियो।

फिल्मको दबंग चश्माले पनि धेरैको ध्यान तानेको थियो। विनय सप्रुका डाइरेक्टिङ् पार्टनर राधिका रावले सलमानको उक्त लुकलाई लिएर एउटा खुलासा गरेका छन्। उनले सलमानसँग तेरे मस्त मस्त दो नैन गीतको सुटिङमा रातो चस्मा चुनिनुको राज खोलेका छन्।

'यो चुन्दा सेटमा सबै आशंकित थिए। किनकी इन्सपेक्टर चुलबुल पान्डेको भूमिकामा यसको कल्पना गर्नु अलि मुस्किल भइरहेको थियो। तर, सलमानले यसमा कुनै प्रश्न गर्नुभएन। गानाको सेटमा सलमानले यो चश्मा लगाउनु भयो', उनले भने।

Laxmi sunrise bank
kumari

गीत सार्वजनिक हुने वित्तिकै धेरैले सलमानको यो लुकलाई मन पराए। र, यो फिल्मको एक हिस्सा हुनपुग्यो।

प्रकाशित: Apr 22, 2021| 03:25 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्