बिहीबार, माघ ८, २०८२

आईपीएलमा चेन्नईले कोलकातालाई हरायो

इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले हराएको छ।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं - इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले हराएको छ। मुम्बई रंगशालामा बुधबार राति सम्पन्न खेलमा चेन्नईले जित निकालेको हो।

National life

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले पूरा ओभर खेल्दै तीन विकेट गुमाएर २२० रन बनाएको थियो। जवाफी ब्याटिङमा कोलकाताले पाँच बाल बाँकी रहँदा पूरा विकेट गुमाएर २०२ रन बनाएपछि खेल चेन्नईले जितेको हो।

चेन्नईका लागि फाफ डू प्लेसिसले ९५ रन बनाए भने रितुराज गायक्बडले ६४ रनको योगदान दिए। त्यस्तै मोइन अलीले २५ रन बनाए।

कोलकाताका वरुण चक्रवर्ती, सुनिल नायर र आन्द्रे रसेलले समान एक÷एक विकेट गिराए।

जवाफी ब्याटिङमा पटक कमिन्सले अविजित ६६ रन बनाए भने आन्द्र रसेलले ५४ रन जोडे। त्यस्तै दिनेश कार्तिकले ४० रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

Laxmi sunrise bank
kumari

चेन्नईका लागि दीपक चहरले चार र लुंगी निगिदीले तीन विकेट गिराए। एक विकेट लिनेमा साम कुरान रहे।

प्रकाशित: Apr 22, 2021| 02:26 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।