शुक्रबार, असार २६, २०८३

रियल मड्रिड ला लिगाको शीर्षस्थानमा

प्रतिस्पर्धात्मक र उपाधिका लागि पेचिलो भिडन्त भइरहेको स्पेनिस शीर्ष डिभिजन फुटबल ला लिगामा फेरि एकपटक रियल मड्रिड शीर्षस्थानमा पुगेको छ।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं – प्रतिस्पर्धात्मक र उपाधिका लागि पेचिलो भिडन्त भइरहेको स्पेनिस शीर्ष डिभिजन फुटबल ला लिगामा फेरि एकपटक रियल मड्रिड शीर्षस्थानमा पुगेको छ।

बुधबार रातिको खेलमा कार्डिजलाई ३–० गोलले हराउँदै रियल मड्रिड शीर्षस्थानमा उक्लिएको हो।

रियलको जितका लागि करिम बेञ्जेमाले दुई गोल गरे। उनले पहिलो हाफको ३०औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरे भने ४०औं मिनेटमा कासिमेरोको पासमा व्यक्तिगत दोस्रो गोल गरे।

त्यसअघि खेलको ३३औं मिनेटमा अल्भेरो ओड्रियोजोलाले गोल गर्दै अग्रतालाई दोब्बर बनाइसकेका थिए।

यो जितसँगै रियलको ७० अंक छ। समान ७० अंक भएको एट्लेटिको मड्रिड हेड टू हेडका आधारमा पछि पर्दै दोस्रो स्थानमा छ। यद्यपी एट्लेटिकोको हातमा अझै एक खेल बाँकी छ।

रियलसँग समान ३२ खेल खेलेको सेभिया भने ६७ अंकका साथ तेस्रो स्थानमा छ। ३० खेलबाट बार्सिलोनाले ६५ अंक बनाएको छ।

गएरातिको खेलमा सेभियाले लेभान्टेलाई १–० गोलले हराएको थियो।

प्रकाशित: Apr 22, 2021| 02:00 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।