शुक्रबार, असार २६, २०८३

सानदार जितसँगै पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा

माउरो इकार्डीले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) एन्जर्सविरुद्ध सानदार जित निकाल्दै फ्रेन्च कपको सेमिफाइनलमा पुगेको छ।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं – माउरो इकार्डीले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) एन्जर्सविरुद्ध सानदार जित निकाल्दै फ्रेन्च कपको सेमिफाइनलमा पुगेको छ।

इकार्डीसँगै फरवार्ड नेयमारले एक गोल र एन्जर्सका भिनसेन्ट मासेआउले आफ्नै पोस्टमा गोल गरेपछि पीएसजीले ५–० गोलको रवाफिलो जित निकालेको हो।

यो जितसँगै पीएसजीले सेमिफाइनल प्रवेश गर्दा एन्जर्स भने प्रतियोगिताबाट बाहिरिएको छ। पीएसजीका लागि इकार्डीले नवौं, ६८औं र अन्तिम मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए।

गएराति नै सम्पन्न क्वार्टरफाइनलको अन्तिम खेलमा मोनाकोले लियोनलाई २–० गोलले पराजित गरेको छ। लियोनका सिनले डायमन्ड ५१औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिएपछि मानोकोले दबाब बनाएको थियो।

१० खेलाडीमा सीमित टिमविरुद्ध मोनाकोले दुई गोल गर्दै खेल जितेको थियो।

त्यसअघि सम्पन्न दुई क्वार्टरफाइनल खेलमा रुमिल्ली र मोन्टेपिलर सेमिफाइनल प्रवेश गरिसकेका छन्। अब सेमीफाइनलमा रुमिल्ली, मोन्टेपिलर, पीएसजी र मोनाकोले फाइनलमा लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Apr 22, 2021| 01:32 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।