काठमाडौं – जर्मन बुन्डेसलिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्डले सहज जित निकालको छ।
डर्टमन्डको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुँना टिम युनियन बर्लिनलाई २–० गोलले हराएको हो।
डर्टमन्डको जितका लागि मार्को रिउस र राफेल गुरेइरोले समान १/१ गोल गरे। खेलको पहिलो हाफमा रिउसले गोल गरे भने दोस्रो हापमा गुरेइरोले गोल गरेका थिए।
यो जितसँगै डर्टमन्ड पाँचौ स्थानमा यथावत् छ। उसको ५२ अंक छ। यता पराजित बर्लिनको ४३ अंक छ।
गएराति नै सम्पन्न अन्य खेलमा होफेन हाइमले मोन्छेनग्लाडबाखविरुद्ध ३–२ गोलको जित निकालेका छ भने उल्भसबर्गले सुटरगार्टलाई ३–१ गोलले हराएको छ।