शुक्रबार, असार २६, २०८३

आर्मीविरुद्ध जित निकाल्दै न्यु डायमन्ड फाइनलनजिक

होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलनजिक पुगेको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं- होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलनजिक पुगेको छ।

समूह एमा रहेको न्यु डायमण्डले आफ्नो बलियो प्रतिद्वन्द्वी आर्मीमाथि ३–० कोे सोझो जित निकालेपछि सेमिफाइनलको यात्रा सहज बनेको हो।

न्यु डायमण्डले बिहीबार कमजोर प्रतिद्वन्द्वी ढोरपाटनसँग अन्तिम लिग खेल खेल्ने छ। भोटेकोसी गाँउपालिका वडा नम्वर २ स्थित तातोपानी आधारभूत विद्यालयको खेल मैदानमा उद्घाटन खेलमा डायमन्डले आर्मीमाथि एकपक्षीय खेलमा २५–१४,२५–९ र २५–१४ सहज जित निकाल्यो।

आर्मीविरुद्ध उच्च प्रदर्शन गरेकी झरना श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भइन्। जितसँगै डायमन्डले आरबीबी एनभिए क्लब लिग भलिबलको लिग गत चैतमा सम्पन्न पाँचौ संस्करको आरबीबी एनभिए कप भलिबलको लिग चरणमा भोगेको हारको बदला लिन सफल भएको छ।

डायमन्ड आर्मीसँग ३–२ को सेटमा पराजित भएको थियो। यस्तै जितसँगै डायमन्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

बुधबारदेखि तातोपानीस्थित आधारभूत विद्यालयको मैदानमा जारी प्रतियोगितामा ५ टोलीले सहभागिता जनाएका छन्। सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ।

समूह ए मा होंगान्जी न्यु डायमन्ड, त्रिभुवन आर्मी र ढोरपाटन ट्रेनिङ सेन्टर छन्। त्यस्तै समूह बी मा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब छन्। लिग चरणपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्।

प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। चौथो हुने टोलीले ५० हजार प्राप्त पाउनेछ। प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन्।

व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार पुरस्कार पाउनेछन्। प्रतियोगिता आयोजनाको लागि कुल २८ लाख खर्च हुने अनुमान गरिएको छ। आयोजनाका लागि भोटेकोशी गाउँपालिकाले ५ लाख रुपैयाँ छुट्याएको छ।

प्रकाशित: Apr 21, 2021| 14:44 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।