शुक्रबार, असार २६, २०८३

आईपीएलमा लगातार तीन हारपछि हैदराबादले निकाल्यो पहिलो जित 

लगातार तीन खेलमा हार बेहोरेको हैदराबादले चौथो खेलमा पञ्जाब किंग्सलाई नौ विकेटले हराउँदै १४ औं संस्कणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित निकालेको छ। 
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं- लगातार तीन खेलमा हार बेहोरेको हैदराबादले चौथो खेलमा पञ्जाब किंग्सलाई नौ विकेटले हराउँदै १४ औं संस्कणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित निकालेको छ। 

टस हारेर १२१ रनको लक्ष्य पछ्याएको हैदराबादले एक ओभर दुई बल बाँकी रहँदै मात्र एक विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो। 

त्यसअघि १९ ओभर चार बल खेलेको पञ्जाबले सम्पूर्ण विकेट गुमाएर १२० रन बनाएको थियो। पञ्जाबका लागि मयंक अग्रवाल र शाहरुख खानले समान २२,२२ रन बनाए। त्यस्तै, क्रिस गेलले १५, मोइस हेनरिचले १४ रन बनाए। 

हैदराबादका खलिल अहमदले तीन विकेट गिराउँदा अभिषेक शर्माले दुई विकेट लिए। एक विकेट लिनेमा भुवनेश्वर कुमार, सिद्धार्थ शर्मा र राशिख खान रहे। जवाफी ब्याटिङमा डेबिड वार्नर र जोन्नी बेयरिस्टोले ७३ रनको साझेदारी गरे। वार्नर ३७ रनमा आउट भए भने बेयरिस्टोले अविजित ६३ रन बनाए।

त्यस्तै केन विलियम्सनले १६ रन जोडे। पञ्जाबका फबियन अल्लेन एक विकेट गिराउन सफल रहे। यो जितसँगै आईपीएलमा अंक जोड्ने हदराबाद अन्तिम टोली भएको छ। उबाहेक अन्य सबै टिमले जित निकालिसकेका छन्। चौथो चरणको खेलपछि हैदारबाद र पञ्जाबको समान २–२ अंक छ।

प्रकाशित: Apr 21, 2021| 13:56 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।