बिहीबार, माघ ८, २०८२

भक्तपुरमा भलिबल कभर्डहल बनाउन राखेपले सहयोग गर्ने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले भक्तपुरमा भलिबलको कभर्डहल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले भक्तपुरमा भलिबलको कभर्डहल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

National life

भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भक्तपुर जिल्लास्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका पदक विजेतालाई प्रमाण पत्र तथा ट्रयाकसुट वितरण कार्यक्रममा सदस्य–सचिव सिलवालले उक्त प्रतिबद्धता जनाएका हुन्।

‘भक्तपुरमा उपयुक्त ठाउँको खोजी गर्नुस्। भलिबलका लागि पूर्वाधार बनाउन बजेट उपलब्ध गराउछु। राष्ट्रिय खेल भलिबलको आफ्नै कभर्डहल हुन जरुरी छ,’ सदस्य–सचिव सिलवालले भने, ‘राष्ट्रिय खेल हो। जसरी राष्ट्रियगानको हामी सम्मान गर्छौँ। राष्ट्रिय खेल भलिबलको पनि सम्मान हुनुपर्छ। अरु खेललाई नगर्ने भन्ने चाँहि होइन।’

उनी दोस्रो पटक सदस्य सचिवमा नियुक्त भएपछि नेपाल भलिबल संघको बधाई कार्यक्रममा पनि दुई वर्षभित्र भलिबको कभर्ड हल बनाउने प्रतिबद्धता जनाएका थिए। तर त्यसको एक वर्ष बित्न लाग्दासम्म पनि सो कामको सुरुवात नभएको भलिबल संघका पदाधिकारी नै बताउँछन्।

काठमाडौंस्थित बुढानिलकण्ढको जग्गामा भलिबल संघको कभर्डहल बनाउने भनिए पनि सो काम सुरु भएको छैन। स्कुलभित्रको जग्गामा कभर्डहल बनाउनका लागि शिक्षा मन्त्रालयको अनुमति लिनु पर्छ।
तर अहिलेसम्म सो काम अघि बढ्न सकेको छैन। यता नयाँ आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणको काम धमाधम भइरहेको समयमा उनले अर्को पनि कभर्डहल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Laxmi sunrise bank
kumari

उनले प्रतिबद्धता व्यक्त गरे पनि सरकारले खेलकुदलाई छुट्याउने बजेट भने निकै कम छ। गत वर्ष राष्ट्रिय योजना आयोगबाट एक अर्ब ६१ करोडको सिलिङ पाएको युवा तथा खेलकुद मन्त्रालयले यो वर्ष एक अर्ब ९३ करोड सिलिङ पाएको छ।

यद्यपी चालू आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयले लविङ गर्दै दुई करोड ३६ करोड बजेट आफ्नो मन्त्रालयमा पार्न सफल बनेको थियो।
त्यसपछिको एक कार्यक्रममा मन्त्रालयका तत्कालीन सचिव रामप्रसाद थपलियाले खेलकुदमा क्षेत्रमा बजेट कम भएका कारणले मन्त्री तथा सदस्य सचिवलाई ‘यो पनि बनाईदिन्छु, त्यो पनि बनाइदिन्छु’ भन्दै आश्वासन नबाँड्न अनुरोधसमेत गरेका थिए। बजेट अभावका कारण यो आर्थिक वर्षमा मन्त्रालयले कुनै नयाँ योजना ल्याएको थिएन।

यता नयाँ आर्थिक वर्षको बजेटमा मन्त्रालय व्यस्त बनिरहँदा सदस्य–सचिव सिलवालले भक्तपुरका खेलसंग सम्बन्धित विभिन्न खेलका मन्डेकाजी श्रेष्ठ, कान्छीमाया कोजु, उपेन्द्रमान सिंह, शिवसुन्दर गोथे, गौतम लासिवा, प्रकाश धौबडेललगायतको नाम लिँदै भने– ‘भक्तपुरमा ख्याति कमाएका र राष्ट्रलाई गुन लगाएका धेरै खेलाडी छन्। उनीहरुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि देशको शीर उचो बनाउने कार्यमा योगदान पुर्‍याएका छन्। तैपनि खेलाडीहरुलाई अलि एक्पोजरको कमी भएको हो कि भन्ने महशुस हुन्छ। यसलाई अन्यथा नठान्नु होला। एक्सपोजरमा बढी ध्यान दिनु आवश्यक छ।’

प्रकाशित: Apr 21, 2021| 13:08 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।